Play

बिपिन जोशीसहित चारजना बन्धकको शव राखिएको बाकस इजरायललाई हस्तान्तरण

गुरुकुल खबर


काठमाडौँ,  प्यालेस्टिनी अतिवादी समूह हमासले गाजाबाट मारिएको भनिएकानेपाली विपिन जोशी सहित चारजनाको शव इजरायललाई हस्तान्तरण गरेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो। इजराइली सेना (आइडिएफ)ले सोमबार साँझ रेडक्रसमार्फत शवका चारवटा बाकस प्राप्त भएको पुष्टि गरेको इजराइली अनलाइन टाइम्स अफ इसराइलले जनाएको छ।

उक्त बाकसमा विपिन, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव रहेको भनेर पनि टाइम्स अफ इजराइलले समाचारमा लेखेको छ। बन्धकहरु छाड्ने दिनसम्म विपिन जोशीको स्थिति अज्ञात भनिएको थियो। सोमबार नै आइडिएफले आफूहरूसँग भिडिओ संवाद गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराएको इजराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका थिए। साँझ हमासले पनि विपिनसहित चार जनाको मृत्यु भएको पुष्टि गर्दै शव हस्तान्तरण गर्ने बताएको थियो। ‍आइडिएफले प्राप्त गरेको चारै जनाको शवको फरेन्सिक परीक्षण हुनेछ।

इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव ल्याइपुर्‍याइएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पनि पुष्टि गरेका छन् । इजरायली प्रहरी अधिकारीहरूले चार बन्धकका शवहरूलाई तेल अभिभको अबु कबिर फरेन्सिक इन्स्टिच्युटमा पहिचानका लागि लगेका छन्। विगतमा पनि हमासले बन्धकहरूको सट्टामा अन्य शवहरू पठाएको घटनाहरू भएकाले पहिचान प्रक्रियामा दुईदिनसम्म लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।

नेपाली विद्यार्थी विपिन जोशीलाई इजरायलले पहिले नै मृत घोषणा गरेको थिएन, तर अधिकारीहरूले उनको स्वास्थ्य र जीवनको बारेमा ’गम्भीर चिन्ता’ व्यक्त गरेका थिए। इलौज नोभा महोत्सवबाट बन्धक बनाइएका थिए र गाजाको एक अस्पतालमा उपचारको कमीका कारण उनको मृत्यु भएको थियो। उनको मृत्यु डिसेम्बर २०२३ मा पुष्टि भएको थियो। ७७ औँ बटालियनका प्लाटुन कमाण्डर पेरेज अक्टोबर ७, २०२३ मा हमाससँगको लडाइँमा मारिएका थिए। शराबी भने किबुत्ज बे’एरीबाट अपहरण गरिएका थिए र कैदमा मारिएका थिए।

यसैक्रममा, इजरायलले युद्धविराम अन्तर्गत सहमत भएका प्रतिबद्धताहरू पालना गर्न असफल भएको र आफूले राखेका सबै शवहरू नछाडेको भन्दै हमासमाथि आरोप लगाएको छ। हमासले आफूसँग रहेका बाँकी २४ मृत बन्धकहरूको बारेमा भने कुनै जानकारी दिएको छैन।यसअघि सोमबार, इजरायली सेना गाजा पट्टीबाट आंशिक रूपमा फिर्ता भएपछि हमासले आफूसँग रहेका अन्तिम २० जीवित बन्धकहरूलाई पनि रिहा गरेको थियो। यस सम्झौता अन्तर्गत, इजरायलले बन्धकहरूको सट्टामा लगभग २००० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको थियो।

हमासले मध्यस्थकर्ताहरूलाई आफूहरूसँग रहेका २८ मृत बन्धकहरूमध्ये केहीको शव कहाँ छन् भन्ने बारेमा जानकारी नभएको बताएको थियो। इजरायलले यो जानकारी हुँदाहुँदै पनि सम्झौतामा हस्ताक्षर गरेको थियो, जसमा आईडीएफको प्रारम्भिक फिर्तीको ७२ घण्टाभित्र सबै बन्धकहरू, जीवित र मृत दुवैलाई, रिहा गर्न हमासलाई माग गरिएको थियो।

रक्षा मन्त्री इजरायल काट्जले यदि हमासले जानीजानी मृत बन्धकहरूको फिर्तीमा ढिलाइ गरिरहेको छ भने त्यो सम्झौताको उल्लंघन हुने बताएका छन्। आईडीएफका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले पनि इजरायलले हमासलाई सम्झौताको आफ्नो भाग पूरा गर्न माग गरिरहेको बताएका छन्।बन्धक तथा बेपत्ता परिवार फोरमले हमासको यो कार्यको ‘गम्भीर जवाफ’ माग गर्दै सबै मृत बन्धकहरूको पूर्ण रिहाई नभएसम्म ‘सम्झौताको कार्यान्वयन तत्काल रोक्न’ आह्वान गरेको छ।   ( समाचार एजेन्सी )

२८ आश्विन २०८२, मंगलवार १०:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा