Play

कांग्रेस सभापति देउवा मंगलबारको बैठकमा सहभागी हुने, पुष महिनाभित्र महाधिबेशन गर्नुपर्नेमा अधिकांशको जोड

गुरुकुल खबर


काठमाडौँ, जेनजी पुस्ताको नाममा भएको आन्दोलनको क्रममा आफ्नै निवासमा प्रदर्शनकारीहरुको सांघातिक आक्रमणमा परेर घाइते भएका  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यहि असोज २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् । केन्द्रीय समितिको बैठक पुर्व आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले उक्त जानकारी दिएका हुन । कार्यसम्पादन समितिको आइतबारको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको थियो ।

प्रदर्शनकारीको सांघातिक आक्रमणमा परेर घाइते भएका कांग्रेस सभापति देउबा लामो समय उपचारमा रहेकोले उक्त घटनापछि कुनै सार्बजनिक कार्यक्रममा समेत देखिएका छैनन। देउवा सहित उनकी धर्मपत्नी एबम तत्कालिन परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि आक्रमणमा परेर गम्भीर घाइते भएकी थिइन। यस अगाडी सार्वजनिक रूपमा नदेखिएका देउवा दम्पति केन्दीय समितिको बैठकमा सहभागी हुने नहुने निश्चित भएको थिएन ।

यसैबीच केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको महाधिवेशन सम्बन्धि एजेण्डा केन्द्रीय समितिको बैठकमा लैजाने भनेको भएपनि महाधिवेशन कहिले गर्ने भन्ने विषयमा भने सहमति जुट्न नसकेको बुझिएको छ । केन्द्रीय समितिले मिति तय गर्ने गरी नियमित महाधिवेशन गर्ने एजेन्डा केन्द्रीय समिति बैठकमा लैजाने र मिति केन्द्रीय समितिबाट तय गर्ने समझदारी बनेको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले बैठक पछि जानकारी दिइन । केन्द्रीय समिति बैठकमा पार्टीको महाधिबेशन संगै आसन्न निर्वाचन र जेनजी आन्दोलनबारेमा पनि एजेन्डा लैजाने सहमति नेताहरूबिच बनेको छ ।

यथाशिघ्र महाधिबेशन गर्नुपर्नेमा जोड 

पार्टीका केन्द्रीय महामन्त्री गगन थापाको समूहले बिशेष महाधिबेशनको माग गरिरहेको र उनि निकटका केहि नेता कार्यकर्ताहरु आबश्यकता परेमा पार्टी बिभाजनको तहसम्म जानसक्ने कतिपयको अनुमान बिपरित महामन्त्री थापाले नै केन्द्रीय समितिको बैठकमा महाधिबेशनको कार्यतालिका ल्याउने सहमति गरेको र महाधिबेशनको कार्यतालिका निर्माण गर्नको लागि केन्द्रीय समितिको बैठक दुई दिन पछाडी सारिएको समेत बताइएको छ।

यसै सन्दर्भमा नेपाली कांग्रेसको सवै तह र निकायमा युवापुस्ताको अर्थपुर्ण सहभागिता सहित नियमित महाधिवेशन गर्नका लागी ऐक्यबद्दता जनाउन भन्दै सोमबार कांग्रेस केन्द्रीय कार्यालयमा भेला समेत डाकिएको बताइएको छ। जेनजी पुस्ताका केहि युवाले आइतबार नै सार्बजनिक अपिल गर्दै नेपाली काँग्रेसले नवयुवाहरुलाई पनि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म सहभागी हुन मिल्ने किसिमले पार्टीको विधानको ढोका खोलुपर्नेमा जोड दिएका छन।

पार्टीका ‎महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलेर सक्रिय रहेका बेला डा. शेखर कोइराला निकटका जिल्ला सभापतिहरू भने केन्द्रको मात्र नभएर सबै तहको नेतृत्व परिर्वतन हुनुपर्ने पक्षमा देखिएका छन।काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू रामनाथ अधिकारी (धादिङ), महेन्द्रध्वज जीसी (नवलपुर), तेजेन्द्र खनाल (ओखलढुंगा), बुद्ध लामा(मकवानपुर), रूपनारायण जबेगु (पाँचथर), बर्मा लामा (दोलखा), रमेशकुमार महत (नुवाकोट) र डिकबहादुर लिम्बु (मोरङ)ले विशेष महाधिवेशन नभएर नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकाल्दै केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने कुरामा जोड दिएका छन ।
‎अधिकांश जिल्ला सभापतिहरु नियमित महाधिवेशनको पक्षमा रहेको एक सभापतिले जानकारी दिए।

‎नेता शेखर सहितका नेताहरू छिटो र छोटो प्रक्रियाबाट नियमित महाधिवेशनको पक्षमा छन् भने महामन्त्रीद्वय थापा र शर्मा अझैसम्म पनि बिशेष महाधिवेशनको पक्षमा उभिएका देखिएपनि महामन्त्री थापा भने पुष महिनाभित्रमा महाधिबेशन गर्नको लागि कार्यतालिका ल्याउन सहमत भएको समेत बताइएको छ । पार्टीको बिशेष महाधिबेशन गर्नुपर्ने भन्दै ५० प्रतिशत बढी महाधिबेशन प्रतिनिधिहरुले हस्ताक्षर् गरिसकेको भनिएपनि बिशेष महाधिबेशन वा पार्टीको नियमित महाधिबेशन मध्ये कुन गर्ने र कहिले गर्ने भन्नेमा अझै सहमति हुन सकेको छैन।

हस्ताक्षर गर्नेहरुमध्ये यथाशिघ्र महाधिबेशन गर्नुपर्ने भन्दै हस्ताक्षर गरेको भन्नेहरुको संख्या पनि उल्लेखनीय रहेको छ । पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बिशेष महाधिबेशन गर्नुपर्नेमा जोड दिएपनि पार्टी भित्रका अधिकांश नेता कार्यकर्ताहरुले तल्लो तहबाट नै अधिबेशन गरेर तिन महिना भित्र नियमित महाधिबेशन गर्नुपर्ने कुरामा जोड दिएका छन ।

यसैबीच नेपाली कांग्रेस कास्कीबाट महासमिति सदस्य रहेका ऋषि काफ्लेले केन्द्रीय समितिको कार्यकाल थप नगरिकन तत्काल वडा तहबाट अधिबेशन गर्नेगरि १५ औं महाधिवेशनको कार्यतालिका सार्बजनिक गर्न आग्रह गरेका छन। उनले पुरानो कृयाशिल सदस्यता लिएका अधिकांशको सदस्यता नविकरण भइसकेकोले यथाशिघ्र त्यसको संकलन, प्रमाणीकरण गर्नुपर्ने बताएका छन।

काफ्लेले नयाँ सदस्यताका लागि जिल्ला र प्रदेशतहलाई थोरै समयभित्र सक्नेगरि जिम्मा दिएर नवयुवासहित अन्यलाई सदस्य बनाउने, पार्टीका केन्द्रिय पदाधिकारी र सदस्यहरु समेत तल्लो तहबाट अनुमोदित र अध्यावधिक हुँदै पार्टीको उच्चतहमा पुग्ने पद्धति र बिधि तयार गर्नुपर्नेमा जोड दिएका छन ।

परिवर्तित परिस्थितिमा पार्टीका आठवटा तहमा सबैलाई समेटेर बनाइने नयाँ नेतृत्व र समितिले मात्रै नयाँ योजना र उर्जाका साथ सर्बसाधारण र पार्टी कार्यकर्ताको हितमा नयाँ ढंगले काम गर्न सक्ने र संगठनलाई पनि नयाँ ढंगले लैजान सक्ने भएकोले पार्टीको केन्द्रीय समितिले यसबारेमा उपयुक्त निर्णय गर्ने बिश्वास नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य रहेका कांग्रेस महासमिति सदस्य काफ्लेले ब्यक्त गरेका छन ।

यसैगरी केन्द्रीय समितिमा रहेका २/४ जनाको अनुहार मात्र फेरिएर हुँदैन, पार्टीको प्रदेश, जिल्ल्ला र क्षेत्रिय समिति लगायत पालिका र वडातहमा पनि नयाँ नेतृत्व चुनेर नयापुस्तालाई समेत सहभागी गराई नयाँ उर्जाको साथ काम गर्नुपर्ने आबश्यकता बढेर गएको नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य गंगाधर पराजुलीले बताए। ” पुष महिना भित्रमा महाधिबेशन गर्न सक्ने हो भने देउवा सहितका पुराना नेताहरुको सम्मान पुर्बक बहिर्गमन हुने, पार्टी बिभाजन पनि रोकिने, पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म नवपुस्तालाई समेत सहभागी गराई नयाँ ढाँचामा लैजान सकिने भएकोले पनि यथाशिघ्र महाधिबेशन गर्नुपर्छ” पराजुलीले भने।

पराजुलीका अनुसार पार्टीको पुरानो क्रियाशील सदस्यताको नबिकरण र नवपुस्ता समेतलाई नयाँ सदस्यता दिलाउन बढीमा १ महिनाको समय राख्ने अनि टोल कार्यसमितिदेखि वडा, पालिका, निर्बाचन क्षेत्र प्रदेश, निर्बाचन क्षेत्र र जिल्ला र सातवटा प्रदेश समितिको अधिबेशन पांच हप्ताभित्र सम्पन्न गर्ने हो भने करिब एक महिनाको तयारी समय राखेर पार्टीको केन्द्रीय महाधिबेशन गर्न सकिन्छ। यसरि हेर्दा पुषको अन्तिम वा माघको पहिलो साता सम्ममा पार्टीको महाधिबेशन गर्न सकिने अबस्था रहेकोले केन्द्रीय समितिले महाधिबेशनको कार्यतालिका तत्काल तयार गर्नुपर्ने आबश्यकता छ।

नयाँ वा पुराना सदस्यको टुंगो लगाउन पनि वडा तहबाट आएको नामलाई तहगत सिफारिस गर्दै जिल्लाले अन्तिम सदस्यताको लागि प्रदेश समिति समक्ष सिफारिस गर्ने, प्रदेश समितिले सदस्यताको टुंगो लगाउने र केन्द्रीय समितिमा अभिलेख राख्न पठाउने व्यवस्था गरेमा सदस्यताको टुंगो लगाउन समेत धेरै समय नलाग्ने पराजुलीको भनाई छ।

२६ आश्विन २०८२, आईतवार १९:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा