पोखरा,पोखरा महानगरपालिका वडा न.२६ मा संचालित तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिबेशनले बद्रिनाथ ढुंगाना अध्यक्ष रहेको नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
अधिबेशनको अवसर पारेर कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रलाई दुई लाख २५ हजार रुपैया आर्थिक सहयोग समेत गरेको छ। परिषदको नबौं स्थापना दिवसको सन्दर्भ पारेर जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग गरिएको हो ।
कास्की समाजले बिभिन्न मुलुकमा रहेका कस्केलीहरु सहित अन्य नेपालीहरुबाट संकलित रकम कास्की जिल्लाको बिभिन्न क्षेत्रमा सहयोगको रुपमा उपलब्ध गराउंदै आएको परिषदका अध्यक्ष शिब बानियाले गुरुकुल खबरलाई जानकारी दिए उनका अनुसार जिल्लामा शिक्षा, स्वास्थ्य, प्राकृतिक बिपत्ति जस्ता क्षेत्रमा समाजले सहयोग गर्दै आएको छ ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष विशाल ढुंगाना र संरक्षक केदारनाथ ढुंगानाको पहलमा विदेशमा रहेका नेपालीहरुबाट संकलन गरिएको उक्त रकम समाजको नेपाल च्याप्टर समाजका अध्यक्ष विश्वबन्धु थापाले तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष बद्रिनाथ ढुंगानालाई हस्तान्त्रण गरेका थिए ।
अधिबेशनको उद्घाटन समारोह एबम रकम हस्तान्तरण समारोहमा बिभिन्न बक्ताहरुले आआफ्नो भनाई राखेका थिए ।
समारोहमा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाशचन्द्र ढुंगानाले जेष्ठ नागरिक अनुभवका खानी र जिउँदो इतिहास भएकाले उनीहरुको विचारलाई समाज रुपान्तरणका लागि प्रयोग गर्न आग्रह गरे।
समारोहमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले विदेश जानुपर्ने बाध्यताकाे अन्त्य गर्न स्वदेशमै राेजगारीकाे अवसर सृजना गर्नुपर्नेमा जोड दिईन ।

कार्यक्रममा लोकसाँस्कृतीक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सिना, जल्धारे जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष मनोहरी ढुंगाना, स्थानीय समाजसेवी बामदेव ढुंगाना, कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सन्तोष तिमिल्सिना, सेवा केन्द्रका उपाध्यक्ष बलराम ढुंगाना र सचिव विचित्रनाथ ढुंगाना कास्की समाज नेपालका कोषाध्यक्ष बिकास अधिकारी लगायतले आआफ्नो भनाई राखेका थिए।
समाजका सल्लाहकार प्रकाशलाल श्रेष्ठ, लेखनाथ खानेपानी उपभोत्ता समितिका अध्यक्ष मुरारी शर्मा, लोक दोहोरी गायक चौलेन्द्र पौडेल, शिवहरि ढुंगाना, सूर्य भण्डारी, महिला उद्यमी महासंघ गण्डकी प्रदेशका अध्यक्ष पार्वती पौडेल रेग्मी, संस्थाका संरक्षक तिलकशालि सापकोटा लगायतले विदेशबाट पैसा मात्र नभइ सिप र प्रविधीलाई पनि नेपालमा भित्राउन सहयोगीको भुमिका निभाउनुपर्ने बताएका थिए ।

बद्रीनाथ ढुंगाना अध्यक्ष रहेको नयाँ समिति चयन
यसैबीच तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले केन्द्रको अध्यक्षमा बद्रिनाथ ढुंगाना सहित सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।
नबनिर्बाचित कार्यसमितिको उपाध्यक्षमा वलराम ढुंगाना, सचिवमा विचित्रनाथ ढुंगाना, कोषाध्यक्षमा सूर्यकुमारी रानाभाट र सदस्यहरुमा ठाकुरप्रसाद ढुंगाना, सरस्वती रानाभाट, यमुना थापा, सूर्यनाथ भण्डारी, माया बराल, नवराज ढुंगाना र गंगा देवकोटा बराल चयन भएका छन् ।




















