Play

आज साँझ ८ बजेबाट भोलि बिहान ८ बजेसम्म भारी बर्षाको सम्भावना, कास्की प्रशासनले लगायो ‘यातायातमा रोक’

गुरुकुल खबर


पोखरा, मुलुकका बिभिन्न स्थानमा शनिबार साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको कारण जल तथा मौसम बिज्ञान बिभागले सर्बसाधारण समक्ष सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने कुरामा जोड दिएका छन ।

जोशीले विशेषगरी बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकोले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउनसमेत आग्रह गरेका छन्।  “यी प्रदेशहरूमा आज राति १० देखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ”, उनले भने । विभागका अनुसार देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा अर्थात मनसुनी वायुको प्रभाव रहेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीले पनि कास्की जिल्ला हुँदै लामो दुरीमा चल्ने सवारी साधनको आवतजावत ठप्प पारेको छ । निरन्तर भारी वर्षा हुने भन्दै प्रशासनले लामा दूरीका सवारी नचलाउन सार्बजनिक रुपमा अपिल गरेको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिब लम्सालको नामबाट जारी अपिलमा असोज २० गतेसम्म कास्कीबाट छुट्ने र कास्की हुँदै चल्ने लामा दूरीका सबै सवारी साधनको आवत जावत रोक्ने भनिएको छ।  सूचना अनुसार, कास्की हुँदै बाग्मती प्रदेश, काठमाडौँ उपत्यका, लुम्बिनी प्रदेश र मधेस प्रदेशतर्फ जाने लामो दूरीका सवारी साधनमा पूर्णरूपमा रोक लगाइएको छ । यसका साथै, म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जा जिल्लाबाट कास्की हुँदै अन्यत्र जाने लामो दूरीका सवारी साधनमा पनि रोक लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

कास्की प्रशासनले यातायात व्यवसायीहरूलाई पनि तत्कालै सवारी साधनको आवतजावतमा रोक लगाउन आग्रह गरेको छ । अत्यावश्यक काम नभई जिल्ला भित्र, अन्तर जिल्ला र रातिको समयमा आवतजावत नगरी घरमै सुरक्षित बस्न सर्वसाधारणलाई अनुरोध गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रा शर्माले गुरुकुल खबरलाई जानकारी दिईन ।

१८ आश्विन २०८२, शनिबार १४:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा