Play

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार पाठक सम्मानित

गुरुकुल खबर


पाेखरा, पोखराका रहेर खेलकुद पत्रकारितामा क्रियाशील व्यक्तित्व केशव पाठक सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सहारा क्लब पोखराले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार पाठकलाई सम्मान गरिएको हो ।

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित पाठक बिगत तीन दशकदेखि पोखराको खेलकुद पत्रकारितामा क्रियाशील छन्। उनी प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान बोर्ड सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष र गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष समेत हुन। उनि नेपाल पत्रकार महासंघ कास्कीको सदस्य पनि हुन।

सहारा क्लब पाेखराकाे हालै सम्पन्न २७ ओैं साधारण सभा तथा १४ ओै अधिवेशनको अवसरमा आयाेजित समाराेहमा पत्रकार पाठकलाई नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र द्वारा सम्मान गरिएको हाे । कार्यक्रमका प्रमुख अतिथि हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले उनलाई साे पुरस्कार हस्तान्तरण गरेका थिए ।

क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पाठकलाई उक्त पुरस्कार दिने निर्णय गरेकाे थियाे । यसरी सम्मानित हुने पाठक १९ ओैँ पत्रकार हुन् ।

फुटबल मार्फत सामाजिक सेवामा क्रियाशील क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एक जना पत्रकारलाई योगदानको आधारमा हरेक बर्ष सम्मान गर्दै आएको छ।

क्लबले सहारा उत्कृष्ट सदस्य सम्मानबाट नेहा गुरुङलाई सम्मान गरेकाे छ । पोखरा–१५ निवासी गुरुङ जुनियर सदस्यका रुपमा १० वर्षअघि क्लबमा प्रवेश गरेकी थिइन्।

१४ आश्विन २०८२, मंगलवार १९:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा