Play

पोखराको औसेलुचौरमा गाउँलेहरुद्वारा गोरेटो बाटोको सरसफाई

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -२३ औसेलुचौर टोल विकास संस्थाको आव्हानमा बिहिबार टोलको सडक सफाई कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीय मार्सेबाट औसेलुचौरसम्म पुग्ने गोरेटो बाटोको सरसफाई गरिएको संस्थाका अध्यक्ष माधव चापागाईंले गुरुकुल खबरलाई जानकारी दिए ।

नेपालीहरुको महान पर्ब दशैं लगायतका चाड पर्ब नजिकिंदै गर्दा देश बिदेशमा गएकाहरु समेत चाडबाड मनाउन गाउँमा पुग्ने भएकोले पनि उक्त सडक सफाई गरिएको स्थानीय अग्रज गुरुदत्त पराजुलीले जानकारी दिए। स्थानीय युवा मोतिलाल पराजुलीका अनुसार स्थानीय अगुवाहरु भोजराज पराजुली, चिन्तामणि पराजुली, नारायण पराजुली, गंगाधर चापागाईं, हिमलाल चापागाईं, बिमल पराजुली, पुण्यप्रसाद पराजुली लगायत आमा समूहका अध्यक्ष सहित सदस्यहरुको सहभागिता रहेको थियो।

औसेलुचौर पुग्नको लागि घाटीछिनाबाट र चापाकोटको घडेरीबाट मोटर बाटो रहेपनि अझैसम्म कच्ची रहेको कारण अधिकांश सर्बसाधारण मार्सेबाट हिंडेर औसेलुचौर पुग्ने गर्छन । उक्त गोरेटो बाटोमा बर्षाको समयमा झारपात उम्रिएर वा अन्य कारणले बिग्रिएकोमा स्थानीय गाउँलेहरुले बाटोको सामान्य मर्मत सहित सरसफाई गरेका थिए।

औसेलुचौर गाउँका सबैजसो बासिन्दाहरु जम्मा भएर मार्सेबाट औसेलुचौरमाथि भुलभुले सम्म पुग्ने गोरेटो बाटोको सरसफाई गरेको बुझिएको छ।

९ आश्विन २०८२, बिहीबार १५:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा