Play

कास्कीका कांग्रेस नेता बिजयराज आचार्यलाई पितृशोक

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ का पूर्व सभापति विजयराज आचार्यलाई पितृशोक परेको छ। आचार्य रोटरी क्लब लगायत बिभिन्न संघसंस्थामा समेत संलग्न रहेका छन।

कांग्रेस नेता आचार्यका बुवा एबम सामाजिक कार्यकर्ता खगराज शर्मा आचार्यको ७९ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो । उनि क्यान्सर रोगबाट पिडित थिए।

स्व. आचार्य पेशागत सहित अन्य विभिन्न संघसंस्थामा समेत सक्रिय थिए । उनलाई बामपन्थी बुद्धिजिबीको रुपमा धेरैले चिन्ने गरेका छन।

स्व. आचार्यका तिन छोराहरु देवराज आचार्य, विजयराज आचार्य र सागर आचार्य तथा तिन छोरीहरु अनिता, ईन्दिरा र गायत्री रहेका छन।

आचार्यको परिवार पोखरा महानगरपालिका -२१ बयलीबाट हाल पोखरा महानगरपालिका -१७ डेभिजफल नजिक बस्दै आएको छ ।

स्व. आचार्यको पोखरा महानगरपालिका-१७ स्थित निवासबाट शबयात्रा गरी सेतीनदीको शान्तिघाटमा अन्त्येष्टि गरिने पारिबारिक श्रोतले जानकारी दिएको छ।

४ आश्विन २०८२, शनिबार २१:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा