Play

लेखनाथमा नाबालिका माथि बलात्कार प्रयास, खुट्टा ढोगाएर र उठबस गराएर मिलापत्र गरिएको खुलासा

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा न. २९ लेखनाथमा हालै भएको नाबालिका बलात्कार प्रयासको घटनालाई वडाध्यक्षको रोहबरमा मिलापत्र गरेको खुलेको छ। पोखरा महानगरपालिका वडा नम्बर– २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ र वडा सचिब सहितका जनप्रतिनिधि र टोल विकास संस्थाका प्रतिनिधिहरुको रोहबरमा मिलापत्र गरिएको खुलेको हो ।

नाबालिका माथि हुने यस किसिमको घटनामा कानुनअनुसार कारबाही अघि बढाउनुपर्ने भएपनि पोखरा महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष र सचिवकै अगुवाइमा आरोपी युवालाई २५ पटक उठबस गराएर अनि पीडित बालिकाको खुट्टा ढोगाएर मिलापत्र गरिएको घटना ढिलोगरी सार्बजनिक भएको हो ।

मादक पदार्थ र गाँजा खाएका युवाले असोज १ गते राति करिब २ बजे आंफ्नो घरसंगै रहेको नाबालिग बालिकाको घरको कोठामा प्रवेश गरेर उनले ओढेको झुलभित्र पस्न लाग्दा बालिकाले थाहा पाएर चिच्याएको र त्यसपछि ति युवाले आंफ्नो मोबाइल नै त्यहि बेडमा छोडेर भागेको बताइएको छ।

उक्त घटनापछि बालिकाका अभिभावकले टोल बिकास संस्थामा जानकारी गराएपछि सामान्य माफि मगाएको र त्यसपछि वडाध्यक्षकोमा पुगेर मिलापत्र गराइएको बुझिएको छ। मिलापत्र गराउँदा ति युवालाई माफि मगाइएको र पिडित बालिकाको खुट्टा ढोगेर २५ पटक उठबस गर्न लगाइएको बताइन्छ।

पोखरा महानगरपालिका -२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङका अनुसार टोल विकास समितिले गराएको माफीपत्रलाई नै वडाको रोहबरमा मिलापत्र गराइएको हो। छलफलमा टोल विकास समिति, महिला समूह, स्थानीय अगुवा, वडाध्यक्ष, वडा सचिव र आरोपीसहित पीडित परिवार पनि उपस्थित थिए ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार १४ वर्षभन्दा कम उमेरकी बालिकामाथि करणी प्रयास गरेमा ९ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यस्तो गम्भीर प्रकृतिको अपराधमा मिलापत्र गर्न पाउने कुनै कानुनी प्रावधान नरहेको कास्की जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले बताए। ‘बलात्कारका घटनामा मिलापत्र गर्न मिल्दैन,’ उनले भने, ‘तर यो घटनाका सम्बन्धमाअहिलेसम्म प्रहरीमा कुनै जानकारी आएको छैन।’

४ आश्विन २०८२, शनिबार १९:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा