Play

अष्ट्रेलियाको एनटी सिटी टु सर्फ प्रतियोगितामा नेपालीहरुको आकर्षण बढ्दै

गुरुकुल खबर


अष्ट्रेलियाको डार्विनमा झण्डै ५० वर्ष अगाडीबाट आयोजना गरिंदै आएको ‘एनटी सिटी टु सर्फ़’ प्रतियोगितामा पछिल्लो समयमा नेपालीहरुको आकर्षण बढ्न लागेको छ।  हरेक वर्ष जुन महिनामा हुदै आएको यो प्रतियोगिता सन २०२० मा भने कोरोनाको प्रभावका कारण अक्टोवरमा गरिएको भएपनि यस वर्ष भने जून महिनाको २७ तारिखमा भएको थियो । ४८ औं श्रृंखलाको रुपमा यस वर्ष आयोजित प्रतियोगितामा पनि विगतमा जस्तै अष्ट्रेलियाका स्थानीय नागरिक र विभिन्न मुलुकबाट त्यहा गएर बस्ने  २ हज़ार बढीले सहभागिता जनाएका थिए  ।
जून महिनामा डार्विनको मौसम राम्रो हुने भएकोले त्यहा बाह्य पर्यटकहरु समेत धेरै जाने गर्दछन , तिनिहरुलाई समेत लक्षित गरि जून महिनामा डार्विनमा यो प्रतियोगिता गर्न शुरु गरिएको बताईन्छ । प्रतियोगितामा भाग लिन विदेशबाट समेत ठुलो संख्यामा मानिसहरु जाने गरेकोले सहभागीको संख्या हजारौ रहने गरेको बताईन्छ ।
प्रतियोगितामा ३ वटा छुट्टा छुट्टै विधामा दौड़ प्रतियोगिता हुने गरेको छ । जस अनुसार परम्परागत रुपमा हुंदै आएको १२ किमी दौडमा जोसुकैले पनि भाग लिन पाउंछन र यसलाई प्रतियोगिताको मुख्य आकर्षण मानिन्छ । यस बाहेक १२ किमी पार गर्न नसक्ने किशोर र वयस्कहरुलाई लक्षित गरि मिनिसर्फर वा ४ किमी दौड़ समावेश गरिएको छ । यसै गरि अर्को ईभेन्टको रुपमा म्याराथुन किड्स अर्थात ससाना वालबालिकाहरुका लागि करिव २ किमी अर्थात १.१९५ किमीको दौड़ प्रतियोगिता राख्ने गरिएको छ ।
यस प्रतियोगितामा भाग लिनका लागि आयोजकले अनलांईन रजिस्ट्रेशन आव्हान गर्ने गर्दछ ।त्यसपछि ईच्छुकहरुले समुहगत रुपमा टिम बनाएर तथा व्यक्तिगत रुपमा समेत दर्ता गर्ने गर्छन । दर्ता शुल्कबाट संकलित रक़म जनस्वास्थ्य क्षेत्रमा खर्च गरिन्छ । प्रतियोगितामा सहभागी सबैलाई निर्धारित दुरी पुरा गरेमा हौसला स्वरुप फ़िनिशर मेडल र विभिन्न विधामा बिजयी हुनेहरुलाई ट्रफी र पुरस्कार समेत प्रदान गरिन्छ ।
नेपाली समुदायको तर्फबाट चन्द्र प्रकाश गुरुड्कै संयोजकत्वमा टिम नेपाल गठन गरिएपछि नेपाली समुदायमा यस प्रतियोगिताको आकर्षण पनि बढेको बताईन्छ। नेपाली समुदायका दुईवटा संस्था एनएएनटिका अध्यक्ष युवराज पन्त र एनआरएनए एनटीका अध्यक्ष हेम पूनले समेत प्रतियोगितामा संख्या बढाउन संस्थाको तर्फबाट निरन्तर सहयोग र प्रोत्साहन हुने जानकारी दिए ।
शुरुआतका वर्षमा सहभागिता बढाउनका लागि दर्ता शुल्क र जर्सी दिएको भएपनि पछिल्लो वर्षहरुमा भने दर्ता शुल्क सहभागीहरु आंफैले तिर्न थालेको समेत उनिहरुको भनाई छ । संस्थाबाट दर्ता प्रयोजनका लागि कहिलेकाहीं केही रक़म खर्च भएपनि संस्थाका पदाधिकारीहरु सहित अन्यले पनि व्यक्तिगत रुपमा नै रकम व्यहोर्ने गरेपछि अन्य सामाजिक काममा संस्थाले सहयोग गर्न लागेको छ। हजारौं प्रतियोगीहरुको बिचमा चन्द्र सुर्य अंकित झण्डा सहितको भेष्टमा सजिएर नेपालीहरु दौडिदा गर्व लाग्ने उनिहरुको भनाई छ ।

प्रतियोगितामा उल्लेखनीय सहभागिता रहेपनि नेपालीहरुको बिचमा पनि छुट्टै बिजेता घोषणा गर्ने गरिन्छ । २०२०मा भएको प्रतियोगितामा २६ जना नेपाली सहभागी रहेकोमा १२ किलोमीटर तर्फको दौडमा चन्द्रप्रकाश गुरुडं प्रथम र उनकी श्रीमती दशमी गुरुड्ले दोश्रो स्थान प्राप्त गरेका थिए । यस वर्ष अर्थात २०२१ मा भने २७ प्रतियोगी नेपाली सहभागी भएकोमा पुरुष १२ किमी तर्फ दिनेश मल्ल प्रथम र चन्द्र प्रकाश गुरुड्ले नै दोश्रो स्थान प्राप्त गरेका थिएं भने महिला १२ किमी तर्फ दशमी गुरुड्ले नै प्रथम स्थान प्राप्त गरेकी थिईन । उनले सबै नेपाली बिचमा चौथो स्थान प्राप्त गरेकी हुन । यसैगरि महिलाको ४ किमी तर्फ सोनिया दाहालले र पुरुष ४ किमी तर्फ बासुदेव दुलालले प्रथम र सागर पन्थले दोश्रो स्थान प्राप्त गरेका छन ।

 

१४ असार २०७८, सोमबार १७:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा