Play

गण्डकी प्रदेशका उर्जा एबम खानेपानी मन्त्री देवकोटाको राजिनामा स्वीकृत

गुरुकुल खबर


पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनको पहिलो दिन भदौ २३ मा १९ युवाको मृत्यु भएपछि राजीनामाको घोषणा गरेका गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाको राजीनामा स्वीकृत भएको छ ।

विहीबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटाको राजीनामा स्वीकृत भएको जानकारी गराएका थिए । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा.टकराज गुरुङले मन्त्री देवकोटाको राजीनामा बुधबार नै स्वीकृत भएको मुख्यमन्त्रीले क्याविनेट बैठकमा जानकारी गराएको बताए ।

केन्द्र सरकारले बल प्रयोग गर्दा १९ जनाको हत्या गरेको र सयौं घाइते भएको घटनाले मर्माहत बनाएको भन्दै देवकोटाले राजीनामा दिएका थिए। देवकोटा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का तर्फबाट मन्त्री बनेका हुन् । मन्त्रीबाट फिर्ता हुन पार्टीले पनि निर्देशन दिएको उनले जनाएका थिए । उनी माओवादी केन्द्रको चुनाव चिह्नमा गोरखाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

२ आश्विन २०८२, बिहीबार २३:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा