पोखरा, जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाको सरूवा भएको छ । उनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो अनुसन्धान महाशाखा, काठमाण्डौमा सरुवा भएका छन् । गत वर्ष असोज ७ गते कास्कीमा सरुवा भएका ओलियाले ११ महिनामात्र कास्कीको प्रहरी प्रमुख रहेर काम गर्ने मौका पाए।
ओलियाको सरुवासंगै कास्कीको प्रहरी प्रमुखको जिम्मेवारी एसपी नवीन कार्कीले सम्हाल्ने भएका छन । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा, रानीपोखरीमा रहेका कार्की यस अगाडी २०७५ सालमा पनि पोखरामा कार्यरत थिए। उनले त्यस बेला वडा प्रहरी कार्यालय बैदामको प्रमुखको जिम्मेवारीमा रहेर काम गरेका थिए।
हालै भएको जेन–जी आन्दोलनमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा पनि ठूलो क्षति पुग्यो । यद्यपी, प्रहरीको महत्वपूर्ण कागजात र ज्यान जोगाउन उनीहरु सफल रहेपनि यसपटकको आन्दोलनमा कास्कीमा मात्र जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा आगजनीको घटना भएको र पोखरा महानगरपालिका लगायतका सरकारी कार्यालयहरुमा पनि ठुलो क्षती भएको छ ।
प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको छ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णय अनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका ४८ जना एसपीको सरूवा भएका हुन् । सरुवामा पर्नेहरुको विवरण यस प्रकार रहेको छ ।





















