Play

नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मालाई मातृशोक

गुरुकुल खबर


पोखरा, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष एबम नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य मुरारी शर्मालाई मातृशोक परेको छ। शर्माकी आमा देवका पौडेलको ९५ बर्षको उमेरमा बुधबार आफ्नै निवासमा निधन भएको हो।

पोखरा महानगरपालिका -२६ विजयपुर पानीटंकी स्थित घरमा छोरा मुरारी शर्मा र परिवारसंग बस्दै आएकी देवका पौडेलका दुई छोरा र दुई छोरीहरु छन । अर्का छोरा डिल्लीराम पौडेल काठमाडौँमा बस्दै आएको भएपनि मुरारी शर्मा भने पोखरामै रहेर बिभिन्न राजनीतिक एबम सामाजिक गतिविधिमा सक्रिय छन।

उनि लामो समयदेखि नेपाली काँग्रेस सम्बद्ध नेपाल ट्रेड युनियन कांग्रेसको राजनीतिमा क्रियाशील छन। उनि नेपाल यातायात मजदुर संघ कास्की र नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको पुर्ब अध्यक्ष समेत हुन। हाल उनि लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षको जिम्मेवारीमा छन। अर्का छोरा डिल्लीराम पौडेल काठमाडौँमा बस्दै आएको छन।

स्व. देवकाका दुई छोरीहरु पार्वती र शारदा दुवै जना आफ्नो परिवारसंग पोखरा महानगरपालिका -११ काहुँमा रहेको नाति शरण पौडेलले गुरुकुल खबरलाई जानकारी दिए। बिहिबार बिहान घरबाट शबयात्रा शुरु गरि पोखराको रामघाटमा स्व. देबकाको अन्त्येष्टि गरिने बुझिएको छ।

यसैबीच नेपाल यातायात मजदुर संघ कास्कीका पूर्व अध्यक्ष एबम नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका पुर्ब सदस्य जितबहादुर गुरुंगले ट्रेड युनियन गण्डकी प्रदेशका अध्यक्ष शर्माकी आमाको निधनले ट्रेड युनियनकर्मीहरुले एक अभिभावक गुमाएको भन्दै दुख प्रकट गरेका छन।

 

१ आश्विन २०८२, बुधबार १५:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा