अमेरिका, लामो समयदेखि अमेरिकाको टेक्सासमा बस्दै आएका नेपाली काँग्रेसका एकजना नेता मृत भेटिएका छन्।
नेपाली कांग्रेस निकट जनसम्पर्क समितिका केन्द्रीय सदस्य रहेका हरिबोल भण्डारी आफ्नै निवासमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।
उनी निकट व्यवसायीले भण्डारीको मृत्यु भएको पुष्टि गरेका छन्। उनी नेपाली कांग्रेसभित्र देउवा निकट मानिन्छन्। उनको नेपाल घर काठमाडौँमा हो।

भण्डारी लामो समयदेखि ब्यबसाय गर्दै आएका उनि आर्थिक रुपमा सम्पन्न मानिन्थे। उनले १०/१२ वाट ग्यास स्टेसन संचालन गर्दै आएको बुझिएको छ।
उनि राजनीतिक रुपमा नेपाली काँग्रेसमा लामो समयदेखि क्रियाशील रहेको र कांग्रेस वा अन्य संघ संस्थालाई समेत राम्रो सहयोग गर्ने व्यक्तित्व हुन।
उनको मृत्युलाई लिएर उनि निकट मानिने र अमेरिकामा बस्दै आएका एकजनाले नेपालको पछिल्लो घटनाक्रमका कारण उनले मन बुझाउन नसकेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरेका छन ।
उनले अमेरिकामा बिभिन्न ब्यबसाय पनि संचालन गर्दै आएका थिए हाल कांग्रेस सम्बद्ध जनसम्पर्क समितिका केन्द्रीय सदस्य थिए।
उनि लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएको र दुई पटक सम्म महासमिति सदस्य समेत भएका थिए।
यसैबीच नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले कांग्रेस नेता भण्डारीको निधन प्रति दुख व्यक्त गरेका छन उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन
‘हरिबोलजी यो कस्तों निर्णय लिनू भयो ? तपाई जस्तो मित्र हामी माझ रहनुभएन भन्ने कूरा कसरी पत्याउनु ? पार्टी, देश र समाजका लागी यो अपुरणीय क्षती हो । तपाईको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछु । अलबीदा हरिबोलजी, बैकुण्ठ बास होस’















