Play

बिधार्थीमा भाषिक सीप बढाउन कुमुदिनी होम्समा नेपाली भाषा कौशल प्रतियोगिता

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रबार वार्षिक कार्यतालिका अनुसार नेपाली भाषा कौशल प्रतियोगिता भएको छ ।

आधारभूत तह इन्चार्ज सजनी मजु श्रेष्ठको अध्यक्षतामा भएको पहिलो चरणको आधारभूत तह (६–८) अन्तर्गतको कार्यक्रममा यति सदनका आदित्य खत्री, श्रद्धा केसी, एन्जिला ढकाल र एलिस आउजीको समूह प्रथम र गुँरास सदनका रियाना लामिछाने, चाहना आचार्य, नस्बिना गौतम र रबिना महतराको समूह द्वितीय बने ।

दोस्रो चरणको माध्यमिक तह (९ र १० ) अन्तर्गतको कार्यक्रम सहप्राचार्य मुकेशकुमार अधिकारीको अध्यक्षता भएको थियो । डाँफे सदनका ओजस्वी भुजेल, सक्षम गैह्रे र दिव्या आचार्यको समूह प्रथम र गुराँस सदनकै प्रसिद्धि थापा, प्रतीक पौडेल र विज्ञान सुवेदीको समूह द्वितीय ठहरिए ।

विद्यार्थीमा भाषिक सीपहरू सुनाइ, बोलाइ र लेखाइ तिनै तहको विकासका लागि भाषा कौशल कार्यक्रमको आयोजना गरिएको अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दीपेन्द्र थापाले जानकारी दिए । प्रतियोगितामा नेपाली विषय शिक्षकहरू उमा पोख्रेल, दीपक केसी र सुरेन्द्र सदिच्छा निर्णायक थिए ।

२० भाद्र २०८२, शुक्रबार २२:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा