पोखरा, नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी’ को अध्यक्षमा ई. शिरश कुमार बास्तोला विजयी भएका छन् । शनिबार पोखरामा सम्पन्न निर्बाचनमा बास्तोलाले २ सय ६३ मत ल्याउँदै प्रतिस्पर्धी अञ्जन थापालाई १ सय ७४ मतको अन्तरले पछि पारे । थापाले ८९ मत मात्रै पाएका थिए ।

पोखराको न्युरोडस्थित एक होटलमा विधुतीय मेसिन प्रयोग गरेर मतदान गरिएको थियो । गण्डकीमा ५ सय ६७ मतदाता रहेपनि ३ सय ५४ जना मात्रै मतदानमा सहभागी भएको बुझिएको छ ।
उपाध्यक्ष पदमा दीपकराज कँडेल विजयी भए । उनले १ सय ७७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी हेमप्रसाद गुरुङले १ सय ६९ मत मात्र प्राप्त गरे।
त्यस्तै, सचिवमा महेन्द्र पौडेल १ सय ८० मतसहित विजयी भए भने तारापति भट्टराईले १ सय ७२ मत पाए । पौडेलले झिनो मतान्तर अर्थात ८ मतको अन्तरले भट्टराईलाई हराउन सफल भएको हुन ।

सहसचिव पदमा नन्दलाल सापकोटाले १ सय ९१ मत पाएर जित्दा सुसन त्रिपाठी भने १ सय ५८ मतमा सीमित भए। केन्द्रिय समितिको बिभिन्न पदमा भएको निर्बाचनमा गण्डकीका रविभूषण झाले अत्यधिक मत पाए । उनले १ सय ९१ मत ल्याउँदा प्रतिस्पर्धी धनेन्द्र केसीले १ सय ५९ मत प्राप्त गरे ।
उपाध्यक्षतर्फ मदन पुरीले १ सय ७६ मत ल्याए भने सागर शमशेर शाहीले १ सय ५७ मत पाए । महासचिव पदमा भुपेन्द्र श्रेष्ठ १ सय ६८ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी सुदर्शन शर्माले १ सय ६२ मत र अर्का उम्मेदवार कुलराज खनालले १६ मत पाए ।
त्यस्तै, उपमहासचिवमा सन्तोष नेपाल १ सय ७७ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी खगेन्द्र अवस्थीले १ सय ५७ मत पाए । कोषाध्यक्ष पदमा सुजित कोइरालाले १ सय ७७ मत ल्याएर विजयी हुँदा रश्मिता बञ्जाराले १ सय ६६ मत प्राप्त गरिन् ।
कार्यसमितिको सदस्यहरु भने निर्बिरोध निर्बाचित भएका हुन् जस अनुसार ई. ध्रुब गर्बुजा पुन, ई. मोहन सिग्देल, ई. ऋतु अधिकारी, ई. बसन्त भट्ट, ई.धर्मेन्द्र कुमार शाह, ई. संगम बन्जारा, ई. राजन ढकाल, ई. किरणराज सिग्देल, ई. सुमन पाण्डे, ई. दलबहादुर खत्री (बिशाल) निर्बिरोध निर्बाचित भएको निर्बाचन समितिका संयोजक ई. सागर भट्टराईले गुरुकुल खबरलाई जानकारी दिएका छन ।















