Play

सिडेन गण्डकीको सचिबमा ई.महेन्द्रको उमेदवारी

गुरुकुल खबर


पोखरा, सेन्टर फर डेमोक्रेटिक इन्जिनीयर्स, नेपाल  (सिडेन ), गण्डकी प्रदेशको निर्वाचनमा इ. महेन्द्र पौडेलले प्रदेश समितिको सचिव पदमा उमेदवारी दिने भएका छन। सिभिल इन्जिनियरिङमा स्नातक र पब्लिक हेल्थ तथा डिजास्टर इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका पौडेल हाल पोखरा महानगरपालिकामा कार्यरत छन्।

उनी प्राविधिक योजना, घर नक्सा, निर्माण व्यवस्थापन तथा नगर विकाससम्बन्धी काममा प्रत्यक्ष संलग्न छन्। शैक्षिक र पेशागत अनुभवसँगै पौडेलले संगठनात्मक क्षेत्रमा पनि बिभिन्न भूमिका निर्वाह गर्दै आएका छन्। उनी नेपाल इन्जिनियर्स एशोसिएसन, गण्डकी प्रदेशका सदस्य तथा ने वि संघ पोखरा इन्जिनियरिङ कलेजका पूर्व सभापति समेत हुन्।

सचिव पदका उम्मेदवार पौडेलले लोकतान्त्रिक मूल्य, पारदर्शिता र इन्जिनियरमैत्री वातावरण निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनले अध्ययन, अनुसन्धान र नीति निर्माणमा जोड दिँदै निजामती कर्मचारी र स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हकहितको सुनिश्चितता, पारदर्शी निर्णय प्रक्रियालाई आफ्नो प्राथमिकता रहेको बताएका छन्।

उनले सिडेनलाई पारदर्शी, अनुसन्धानमैत्री र सदस्य–केन्द्रित संस्था बनाउन सचिव पदमा उम्मेदवारी दिएको बताउंदै निजामती सेवा र संगठनात्मक अनुभवले मलाई इन्जिनियरहरूको आवाजलाई प्रभावकारी रूपमा सरकारी तहमा पु-याउन मद्दत गर्ने बिश्वास ब्यक्त गरे।

१३ भाद्र २०८२, शुक्रबार १२:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा