Play

कर्मचारी युनियन कास्कीमा नयाँ समिति, अध्यक्षमा केदार सापकोटा दोब्बर मतान्तरले बिजयी

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कास्कीको नयाँ कार्यसमितिको चयनका लागि भएको निर्बाचन अन्तर्गत शुक्रबार राति सम्पन्न मतगणनाबाट युनियनको कास्की जिल्ला अध्यक्षमा केदार सापकोटा अत्यधिक मतका साथ बिजयी भएका छन। गण्डकीका मुख्यमन्त्रीको सचिवालयमा कार्यरत सापकोटाले ३ सय २५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी बिनोद रेग्मीले १ सय ६२ मत मात्र प्राप्त गरेका थिए। यसरि हेर्दा रेग्मीले प्राप्त गरेको भन्दा १ मत बढी अर्थात १ सय ६३ मतको अन्तरमा सापकोटा अध्यक्षमा बिजयी भएका हुन् ।

सापकोटा यस अगाडी युनियनको कास्की जिल्ला उपाध्यक्ष समेत रहेका थिए उनले केहि बर्ष देखि कास्की जिल्ला समितिको विभिन्न पदमा रहेर काम गरेका थिए। रेग्मी कास्की जिल्लाभन्दा बाहिरका जिल्लाहरुमा बढी समय काम गरेको र पछिल्लो समय कास्की जिल्लामा सरुवा भएर आएका हुन। उनले पनि युनियनको बिभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । सापकोटालाई युनियनको कास्की जिल्ला समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठसहित अधिकांशको समर्थन रहेकोले पनि उनको विजय सहज भएको बताइएको छ।

कार्यसमितिको खुल्लातर्फको उपाध्यक्षमा सुमन शर्माले पनि फराकिलो मतका साथ् बिजय प्राप्त गरेका छन । २ सय ८२ मतका साथ उनि निर्वाचित हुँदा उनका प्रतिस्पर्धी पुरुषोत्तम पौडेलले १ सय ८९ मत मात्र प्राप्त गरेका थिए । उनि ९३ मतको फरकमा बिजयी भएका हुन् शर्मा यस अगाडी युनियनको कास्की जिल्ला समितिको सचिब पदमा कार्यरत थिए ।

कार्यसमितिमा अधिकांश निर्बिरोध 

कार्यसमितिको अन्य बिभिन्न पदमा भने निर्बिरोध निर्बाचन सम्पन्न भएको थियो जस अनुसार महिला उपाध्यक्षमा रन्जना पोखरेल, समाबेशी उपाध्यक्षमा नरबहादुर सारु, सचिबमा राजेन्द्र शर्मा, सहसचिबमा मन्जुमंज सुबेदी र कोषाध्यक्षमा दिपक शर्मा पराजुली निर्बिरोध निर्बाचित भएका थिए यसैगरी समितिको सदस्यहरुमा पनि नारायणराज पौडेल, धनराज पराजुली, डालाराम बसौला, मोहनप्रसाद पौडेल, राजन ढकाल, शारदा सुवेदी (महिला), गंगा अधिकारी (महिला) निर्बिरोध निर्बाचित भएको निर्बाचन अधिकृत शालिग्राम भट्टराईले गुरुकुल खबरलाई जानकारी दिए।

प्रदेश प्रतिनिधिमा निर्बाचित हुनेहरु, सुदिप रेग्मीको सर्बाधिक मत 

नयाँ कार्यसमितिसँगै प्रदेश र केन्द्रीय प्रतिनिधिहरू समेत चयन भएका छन् । निर्वाचन अधिकृतले सार्वजनिक गरेको विवरण अनुसार निर्बाचित प्रदेश प्रतिनिधिहरुमा सुदिप रेग्मीले सबैभन्दा बढी मत पाएर बिजयी भएका छन् उनले ३ सय ६६ मत प्राप्त गरेका छन। यसैगरी दिनेश चापागाईं (२८६ मत), चेतराज आचार्य (२५७ मत), झलकराज पौडेल (२४१ मत), काशीराम पौडेल (२३९ मत), विषनबहादुर थापा (समावेशी)  निर्विरोध, मिना कुमारी श्रेष्ठ (महिला)  निर्विरोध निर्बाचित भएका छन।  निर्बाचनमा कृष्णचन्द्र न्यौपाने (१५६ मत), तेजाखर लम्साल (१८५ मत), अर्जुन लामिछाने (१२३ मत) मात्र प्राप्त गरेकोले प्रदेश प्रतिनिधि समेत बन्न सकेनन।

केन्द्रीय प्रतिनिधिमा निर्बाचित हुनेहरु 

सोहि अधिबेशनबाट युनियनको केन्द्रीय महाधिबेशन प्रतिनिधिमा ५ जना निर्बाचित भएका छन् भने दुई जना निर्बिरोध निर्बाचित भएका छन जसअनुसार सूर्यप्रसाद तिवारी (३०६ मत), डिल्लीराज सुवेदी (२९४ मत), प्रमोद अर्याल (२८० मत), डिल्लीराम रेग्मी (२६२ मत), महेन्द्र गुरुङ (२११ मत), सीता बराल ढुङ्गाना (महिला) – निर्विरोध, अर्जुन गुरुङ (समावेशी) – निर्विरोध निर्बाचित भएका छन केन्द्रीय महाधिबेशन प्रतिनिधिमा पराजित उमेदवारहरुमा प्रेमप्रसाद रेग्मी (२१० मत), कृष्ण प्रसाद रिजाल (२०२ मत), रमाकान्त पौडेल (१६७ मत) र सिताराम दाहाल (१४४ मत) रहेको निर्वाचन समिति संयोजक भट्टराईले जनाएका छन।

शुक्रबार भएको मतदानमा निर्धारित समयसम्म ५ सय ७ जनाले मतदान गरेका थिए । कूल ९ सय ९७ साधारण सदस्य रहेको नेपाल निजामती कर्मचारी युनियन, कास्कीमा ६ सय ५५ जनालाई मताधिकार थियो ।

 

२४ श्रावण २०८२, शनिबार ०६:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा