Play

पार्टी भित्र निगाहको आधारमा भन्दा योगदानको आधारमा मुल्यांकन हुन्छ : उपसभापति गुरुङ

गुरुकुल खबर


काठमाडौ, नेपाली काङ्ग्रेसका उपसभापति, पुर्व मन्त्री धनराज गुरुङले पार्टी भित्र निगाह (बक्स) नहुने बताएका छन । नेपाली काङ्ग्रेस थारु विभागले आयोजना गरेको वर्तमान अवस्थामा थारुहरुको सामाजिक, आर्थिक, राजनैतिक अवस्था, अवसर र चुनौती बिषयक बिचार गोष्ठीमा बोल्दै उपसभापति गुरुङले १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी भएको देशमा प्रजातन्त्र,लोकतन्त्र, गणतन्त्र स्थापना गर्न सबैको योगदान भएको हुँदा थारु समुदायका व्यक्तिहरुले पाएको अवसर पनि त्यहीँ योगदान अन्तर्गत रहेको उल्लेख गरे।

उपसभापति गुरुङले भने “अहिले खेलकुद मन्त्री तेजुलाल चौधरी हुनुहुन्छ, कतिपय ठाउँमा मेयर उपमेयर हुनुहुन्छ, सांसदहरु हुनुहुन्छ उहाँहरुले निगाह (बक्स) पाएको होइन, उहाँहरुको योगदानले गर्दा पाएको हो ।

पार्टीले केही दिन्छ कि भन्न भन्दा पनि पार्टीलाई योगदान दिन उनले आग्रह गरे। “योगदान गरेपछि मलाई यो चाहियो भन्नै पर्दैन” उनको भनाई थियो।  धेरै जातजाति र भाषाभाषी भएको देशमा बिचारले सबैलाई एकै ठाउँमा ल्याउने भन्दै बिचार मिलेपछि संगठन बन्ने र संगठन निर्माणले देश निर्माण गर्ने गुरुङले बताए ।

उनले भने “सबैलाई एकै ठाउँ हुन बिचार मिल्नुपर्छ, बिचार मिलेपछि संगठन निर्माण हुन्छ, संगठनले देश निर्माण गर्छ र पार्टी भन्दा माथी देश हुन्छ, देश निर्माणको लागि पार्टी निर्माण गर्न आवश्यक छ ।” उनले पार्टी निर्माणको लागि सबै जातजातिलाई एकीकृत गर्न आवश्यक रहेको भन्दै पार्टी बिचारको छानो रहेको पनि उल्लेख गरे ।

१६ श्रावण २०८२, शुक्रबार २१:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा