Play

मणिपाल अस्पतालको स्वास्थ्य परीक्षण सुबिधा योजना: विभिन्न संघसंस्थासंगको सहकार्य जारी

गुरुकुल खबर


पोखरा, पोखराको ठुलो र सुबिधा सम्पन्न नेपाल मणिपाल शिक्षण अस्पातलले पोखरा भित्र र बाहिरका बिभिन्न संघ संस्था एबम कर्पोरेट हाउससंग मिलेर कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना संचालनमा ल्याएको छ। मणिपाल शिक्षण अस्पातलले नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै बिभिन्न प्रकारका स्वास्थ्य परिक्षण योजनाहरु ल्याउने क्रममा  यो योजना पनि ल्याएको हो।

यसैक्रममा नेपाल मणिपाल शिक्षण अस्पातल र कास्की जिल्ला टेनिस संघको बिचमा हालै ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज अन्तर्गत ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजनामा अस्पताल र कास्की जिल्ला टेनिस संघ बिच भएको सहमतिमा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र कास्की जिल्ला टेनिस संघको तर्फबाट अध्यक्ष राज कुमार गुरुङले सहमती पत्रमा हस्ताक्षर गरेका छन ।

यसैगरि नेपाल मणिपाल शिक्षण अस्पातल पोखरा र नेपाल हेभी इक्यूप्मेन्ट अपरेटर संघ, पोखरा बिच पनि ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज अन्तर्गत नै अस्पताल र नेपाल हेभी इक्यूप्मेन्ट अपरेटर संघ, पोखराको बिचमा सहमति भएको हो ।  उक्त सहमतिपत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र नेपाल हेभी इक्यूप्मेन्ट अपरेटर संघ, पोखराको तर्फबाट अध्यक्ष किशोर प्रसाद गौतम हस्ताक्षर गरेको अस्पतालले जनाएको छ ।

यसैगरी नेपाल मणिपाल शिक्षण अस्पातल पोखरा र फ्लोरिङ फर्निसिङ व्यवसायी संघ, कास्कीको बिचमा पनि ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति भएको  अस्पतालले जनाएको छ । मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र फ्लोरिङ फर्निसिङ व्यवसायी संघको तर्फबाट अध्यक्ष राजु कार्कीले सहमती पत्रमा हस्ताक्षर गरेको बुझिएको छ ।

यसैबीच नेपाल मणिपाल शिक्षण अस्पताल, पोखराको प्राबिधिक सहयोग तथा सशस्त्र प्रहरी परिवार महिला संघ गण्डकी प्रदेशको आयोजनामा स्त्री तथा प्रसुती रोग सम्बन्धि एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर हालै सम्पन्न भएकोछ । शिविरमा मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकद्वारा निशुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

नेपाल मणिपाल शिक्षण अस्पताल, पोखराको प्राबिधिक सहयोग तथा मिसनरी अफ च्यारीटी नेपालको आयोजनामा मानसिक रोग सम्बन्धि एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर पनि हालै सम्पन्न भएको छ । उक्त शिबिरमा पनि मणिपाल शिक्षण अस्पतालका चिकित्सकद्वारा निशुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

१० श्रावण २०८२, शनिबार ११:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा