Play

अमेरिकामा कांग्रेस नेता शर्माले भने ‘कांग्रेसले आफ्नो सिद्दान्त र आदर्श भुलेको कारण अहिलेको संकट आएको हो’

गुरुकुल खबर


न्युयोर्क (अमेरिका),  नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकोमा जोड दिंदै नेपाली कांग्रेसले पनि प्रजातान्त्रिक मूल्य मान्यताको संस्कारलाई छोड्न नहुने बताएका छन। अमेरिका भ्रमणमा रहेका कांग्रेस नेता शर्माले कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजबादको आफ्नो सिद्दान्त र आदर्शलाई भुल्न नहुने बताउंदै अहिले मुलुक र कांग्रेसमा संकट देखिनुको पछाडी कांग्रेसले आफ्नो सिद्दान्त र आदर्शलाई भुल्नु पनि प्रमुख कारण भएको दाबी गरे।

कांग्रेस गण्डकी प्रदेशका सभापति एबम राष्ट्रिय सभाका पुर्ब सदस्य शर्माले राजनीति गर्नेहरूमा शुद्ध आचरण र नैतिक चरित्र हुनुपर्नेमा जोड दिए। पार्टी भित्र असन्तुष्टिहरु देखिने भएपनि सडकमा कुरा गरेर भन्दा पार्टीभित्र छलफल गरेर समस्याको समाधान खोज्नुपर्छ अन्यथा कांग्रेस पार्टी कमजोर बन्ने र पार्टी कमजोर भएमा पार्टीका नेता कार्यकर्ता र समर्थक सबै कमजोर बन्ने उनको भनाई थियो।

कांग्रेस नेता शर्मा नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको भेटघाट एबम अन्तरक्रिया कार्यक्रममा बोल्दै कांग्रेसभित्र युवाहरूलाई आकर्षित गर्ने योजनाहरूको खाँचो औंल्याए । कांग्रेस कमजोर हुँदा कम्युनिष्टहरुले अवसर पाएका पाएको भन्ने कुरालाई बुझेर कांग्रेस बलियो बनाउने अभियानमा जुट्नुपर्नेमा उनले जोड दिए। पार्टीमा निष्ठापूर्वक लाग्ने कार्यकर्ताहरूको सम्मान र प्रोत्साहन जरुरी रहेको उनको भनाई थियो।

शर्माले जनसम्पर्क समिति भित्र देखिएको बिबादलाई आपसी छलफल र बार्ताबाट अन्त्य गर्न आग्रह गरे । यसै सन्दर्भमा उनले विदेशस्थित कांग्रेसका संगठनहरूलाई सबल र प्रभावकारी बनाउन निर्धारित समयमा नै जनसम्पर्क समितिको अधिबेशन गर्नुपर्नेमा उनले जोड दिए।

गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्नुपर्नेमा भन्दै शर्माले विदेशमा बसेर पनि नेपाली धर्म, संस्कृति र पहिचान जोगाउँदै आइरहेको प्रवासी समुदायको प्रयासको सराहना गरे। नेपालमा लगानीको लागि अनुकूल वातावरण सिर्जना गर्न सरकार जिम्मेवार हुनुपर्नेमा पनि उनले जोड दिएका थिए।

कार्यक्रममा बोल्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले मुलुकको समग्र हित र बिकासको लागि काँग्रेसको नेतृत्वमा धेरै काम भएपनि पछिल्लो समय काँग्रेसमाथि चौतर्फी प्रहार भैरहेकोले यसलाई बुझेर नेताहरुले आबश्यक रणनीति तयार गर्ने र कार्यकर्ताको मनोबल कमजोर हुन नदिने गरि कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

नेपाली जनसम्पर्क समितिका महासचिब मूनिन्द्र नेम्वाङ र नेपाली जनसम्पर्क समिति न्यूयोर्क–लङ्ग आइल्याण्डका सभापति विश्वराज वास्तोलाले कांग्रेस भित्र एकता हुन सके कांग्रेसलाई कसैले हराउन नसक्ने सरकारमा बस्नेहरुले आमा नागरिकको चाहना अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष शिव बहादुर वानियाँ, स्याङ्जा समाज तथा जय नेपाल फाउन्डेसन न्यूयोर्कका अध्यक्ष दिन दयाल भण्डारी, पोखरा समाजका अध्यक्ष किशोर रेग्मी, हेम्जा समाज न्यूयोर्कका अध्यक्ष ध्रुव पौडेल, जनसम्पर्क समिति न्यूयोर्ककी उपसभापति कमला पन्त, कांग्रेसका युवा नेता निरज केसी र शुभास केसी, एनआरएनए न्यूयोर्कका उपसभापति लक्ष्मी थापा, सचिव राजु तामाङ, पूर्व सचिव वासु लामिछाने लगायतले नेता शर्मालाई स्वागत गर्दै शर्माको राजनीतिक निरन्तरता र क्रियाशीलता एबम  कांग्रेस पार्टीमा गरेको योगदानको बारेमा चर्चा गरेका थिए।

कांग्रेस नेता शर्माले न्युयोर्कमा रहंदा अन्य विभिन्न संघ–संस्था एबम सामाजिक अगुवाहरूसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए। भेटघाटमा नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि श्यामकाजी गुरुङ, गोरखाका नेता बुद्धिप्रसाद श्रेष्ठ, कास्की समाज अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष शिव बहादुर वानियाँ, दोलखा समाज अमेरिकाका अध्यक्ष भोजराज थकोर, धादिङ समाज अमेरिकाका अध्यक्ष टकबहादुर रुवाली, स्याङ्जा समाज न्यूयोर्कका अध्यक्ष दिनेश भण्डारी, पोखरा समाजका अध्यक्ष किशोर रेग्मी, समाजसेवी कृष्ण पौडेललगायतको उपस्थिति रहेको थियो।

केहि साताको लागि पारिवारिक भ्रमणको क्रममा अमेरिका पुगेका कांग्रेस नेता शर्मा आगामी शनिबार नेपाल फर्किने कार्यक्रम रहेको बुझिएको छ ।

 

३० असार २०८२, सोमबार ०७:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा