पोखरा, भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका २ का राजेन्द्र राईले (रामप्रसाद राई)ले चार जनाको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्यापछि राई आफैँले गएराति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेका थिए ।
लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो ।
अभियुक्त राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको पनि पेटमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
घाइते अबस्थामा प्रहरीले फेला पारेका राइले आफुलाई सासुले छुरा प्रहार गरेकोले त्यसको प्रतिकार गर्ने क्रममा आफुले चारजनालाई छुरा प्रहर गरेको र उनिहरुल्को मृत्यु भएको बताएका थिए।
उनको अबस्था गम्भीर भएपनि बोल्न सक्ने अबस्थामा रहेकोले उनले तुअस्तो जानकारी दिएको बताइएको छ ।