पोखरा, संचार तथा सुचना प्रबिधि मन्त्रालय अन्तर्गत रहेको न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा पोखराका बासुदेव मिश्र र जमुना शर्मा वर्षा नियुक्त भएका छन। संचार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रीस्तरीय निर्णय अनुसार मिश्र र शर्मा संगै लम्जुंगका नबिन कुइंकेल पनि न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नियुक्त भएका हुन । गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री समेत रहेका लमजुंगका मन्त्री गुरुंगले यस पटक सदस्यमा नियुक्त गरेका तिनजना नै गण्डकी प्रदेशका परेका छन ।
सदस्यमा नियुक्त बासुदेव मिश्र नेपाल नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष हुन। लम्जुंग घर भएपनि लामो समयदेखि पोखरामा रहेर उनले पत्रकारिता गरिरहेका छन। हाल उनि पोखराको अन्नपुर्ण एफएम, ढोरपाटन दैनिक सहित अन्य संचारसंस्थामा समेत संलग्न छन ।
यसैगरी सदस्यमा नियुक्त जमुना शर्मा नेपाल पत्रकार महासंघ गण्डकीको महासचिब हुन। उनि राष्ट्रिय समाचार समितिको सम्बाददाता, पोखरा एक्सप्रेसको सम्पादक र पोखराको रेडियो जननीमा पनि कार्यरत छिन । यसबाहेक उनि संचारिका समुहमा पनि सक्रिय छिन।
मन्त्रालयको तर्फबाट नियुक्त हुने अर्को एक सदस्यमा लम्जुंगका नबिन कुइंकेल रहेको बताइएको छ। उनि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एबम लम्जुंग शाखाका पुर्ब अध्यक्ष हुन। सदस्यमा नियुक्त तिन जना मध्ये बाशुदेव मिश्र नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियन र जमुना शर्मा र नबिन कुइंकेल नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा सक्रिय छन।
न्युनतम पारिश्रमिक निर्धारण समितिको थप सदस्यहरु नेपाल पत्रकार महासंघको सिफारिसमा संचार मन्त्रालयले नियुक्त गर्ने ब्यबस्था रहेको छ भने अन्य केहि मन्त्रिस्तरीय निर्णयबाट पनि नियुक्त हुँदैछन। समितिमा संचारको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको व्यक्ति अध्यक्ष रहने ब्यबस्था रहेको छ भने तथा संचार मन्त्रालय र श्रम मन्त्रालयका सहसचिव एबम नेपाल पत्रकार महासंघका अध्यक्ष पनि समितिको सदस्य रहने ब्यबस्था रहेको छ।
समितिलाई बिभिन्न संचार प्रतिष्ठानमा कार्यरत पत्रकार एबम कामदार कर्मचारीको पारिश्रमिक पुनराबलोकन गर्ने एबम संचार प्रतिष्ठानहरुको अनुगमन गर्ने लगायतको जिम्मेवारी रहेको छ। यस अगाडी २०७५ सालमा समितिको सिफारिसमा संचारसंस्थामा कार्यरत पत्रकार एबम कामदार र कर्मचारीहरुको न्युनतम पारिश्रमिक वृद्धि गरिएको थियो।
समितिका तत्कालिन अध्यक्ष गंगाधर पराजुलीको कार्यकालमा ठुला संचारगृहमा काम गर्ने पत्रकारहरुको लागि न्युनतम पारिश्रमिक २४ हजार ३७५ र स्वरोजगार एबम साना संचारगृहमा काम गर्ने पत्रकारहरुको न्युनतम पारिश्रमिक १७ हजार ६ सय २५ पुर्याइएको थियो। त्यसपछि समितिको अध्यक्षको जिम्मेवारी तीनजनाले लिएको भएपनि हालसम्म न्युनतम पारिश्रमिकमा वृद्धि हुन सकेको छैन ।