पोखरा, पोखरा महानगरपालिका -११ फुलबारी निबासी शिक्षासेवी एबम सामजिक व्यक्तित्व डा. टुबराज बॅास्तोलाको निधन भएको छ । बिगत लामो समयदेखि बिरामी परेका बाँस्तोलाको उपचारकै क्रममा निधन भएको पारिबारिक श्रोतले जनाएको छ । उनको जन्म बि.स. २००० सालको साउन महिनामा भएको थियो ।
लामो समय पोखराको मालेपाटन स्थित बाराही माबिमा शिक्षण पेशामा संलग्न बाँस्तोलाले शिक्षण पेशाबाट निवृत्त भएपछि पनि पोखरा -११ को शिवशक्ति माबि ब्यबस्थापन समितिको अध्यक्ष भएर काम गरेका थिए ।
विभिन्न शैक्षिक, सामाजिक एबम धार्मिक संघसंस्थामा संलग्न व्यक्तित्वको रुपमा परिचित बाँस्तोलाकी श्रीमती, एक छोरा र दुई छोरी रहेका छन । उनका छोरा रमेश बाँस्तोला आफ्नो परिवार सहित लामो समयदेखि बेलायत बसेको भएपनि बुवाको स्वास्थ्य बिग्रिएपछि उनि आफ्नी श्रीमती रुचिला घिमिरे सहित बुवा आमाको साथमा नेपालमै बस्दै आएका छन । एनआरएन बेलायत सहित नेपालीहरु संलग्न रहेका अधिकांश संस्थामा रमेश सक्रिय रहँदै आएका छन । स्व, बास्तोलाका दुई छोरीहरु कमला र प्रभा रहेका छन ।
स्व. बाँस्तोलाको अन्तेष्टि सोमबार बिहान गरिने भएको छ बेलायतमा रहेका नाती आएपछि सेति नदीको रिठ्ठाघाट (सेती नदी र काली खोलाको दोभान) मा अन्तेष्टि गरिने भएको स्थानीय रबिन्द्रनाथ बाँस्तोलाले गुरुकुल खबरलाई जानकारी दिए ।