Play

ब्यबस्थित शहरीकरणको योजना निर्माण सम्बन्धि चार दिने तालिम पोखरामा

गुरुकुल खबर


पोखरा, ब्यबस्थित शहरीकरण सम्बन्धि कसरी योजना बनाउने र त्यसका बिधि र प्रक्रियाहरु के हुने भन्ने बिषयमा इन्जिनियरिंगको क्षेत्रमा कार्यरत प्राविधिकहरुको लागि पोखरामा आयोजित ‘अर्बान प्लानिंग: टुल्स एण्ड टेक्निक ‘ बिषयक चार दिने तालिम सम्पन्न भएको छ ।  नगर विकास कोषको सहयोगमा तथा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको समन्वयमा उक्त तालिम पोखरामा आयोजना गरिएको हो ।

तालिमको समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रीय समितिका उपसभापति इन्जिनियर प्रकाश केसीले सहरीकरणको सन्दर्भमा व्यवस्थित बस्ती विकास, प्रविधिको प्रभावकारी उपयोग र नीति निर्माणमा इन्जिनियरहरूको भूमिका महत्वपुर्ण रहने बताए । उनले हालै नेपाल इन्जिनियर्स एसोसिएसनले नेपाल इन्भेष्टमेन्ट बैंकसँग बिना धितो १५ लाख रुपैयाँसम्मको ऋण सुविधा तथा मेडिसिटी अस्पतालसँग गरेको सहकार्यबारे समेत सहभागीहरूलाई जानकारी गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएसनका गण्डकी प्रदेशका उपसभापति विशाल थापा र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका अध्यक्ष विजेन्द्र केसीले नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरहरूको हकहितका लागि गर्दै आएको विविध क्रियाकलापबारे चर्चा गरे।

कार्यक्रममा एसोसिएसनको गण्डकी प्रदेश अध्यक्ष इन्जिनियर सन्तोष जिसीले गण्डकी प्रदेशमा नियमित रूपमा तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी गराउँदै आउँदो साउन ३ गते मनाइने ‘नेपाल इन्जिनियर दिवस’को अवसरमा एक हप्ते विशेष कार्यक्रम आयोजना गरिने बताए ।

कार्यक्रममा विशेष अतिथिका रूपमा केन्द्रीय कोषाध्यक्ष सुमन थापा सहित केन्द्रीय सदस्यहरू इन्जिनियर प्रभुराम पोखरेल, अवित केसी, एमेन्द्र गुरुङ, पूर्व गण्डकी प्रदेश अध्यक्षहरू रमेश बास्तोला र विजेन्द्र केसी, पूर्व केन्द्रीय सदस्य रविन्द्रलाल मूल, नेपाल भ्यालुएस एसोसिएसन कास्कीका सचिव हरि अधिकारी, प्रदेश कोषाध्यक्ष विश्वास आचार्य सदस्यहरू इन्जिनियर महेन्द्र पौडेल, इन्जिनियर मनोज गिरी, इन्जिनियर संजयराज तिम्सिना, इन्जिनियर रोचक क्षेत्री, र इन्जिनियर सक्षम अधिकारी लगायतको सहभागिता रहेको थियो।

जेठ २८ देखि ३१ गतेसम्म सञ्चालन भएको तालिममा ४० जना भन्दा बढी सहभागीहरूले प्रत्यक्ष रूपमा लाभ लिएका थिए। सहभागी सन्देश पराजुली र प्रतीक्षा पाठकले तालिम अनुभव साझा गर्दै शहरी योजना तथा बस्ती विकासका विषयमा व्यवहारिक र ज्ञानवर्धक प्रशिक्षण पाएको उल्लेख गरे। कार्यक्रमको सञ्चालन इन्जिनियर निरोज लामिछानेले गरेका थिए ।

२ असार २०८२, सोमबार १०:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा