Play

कांग्रेसको पदाधिकारी बैठक सभापति देउबाको निबास बुढानिलकण्ठमा शुरु

गुरुकुल खबर


काठमाडौँ, सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो। बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुने जनाइएको छ।

साथै गृहमन्त्री रमेश लेखकसम्बन्धी विषयमा पनि छलफल केन्द्रित हुने बताइएको छ। आजको बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने बताइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको आरोप गृहमन्त्री लेखकमाथि लागेको छ। उनलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग उठिरहेको छ। कांग्रेसका केही नेताहरूले पनि लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्।

यता गृहमन्त्री लेखकले भने आफूले कहिल्यै आर्थिक अनियमितता नगरेको र प्रमाणित भए राजनीतिबाटै राजीनामा दिने स्पष्ट पारेका छन्। साथै जेठ १३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा आफूले उक्त घटनाक्रमबारे जानकारी गराउनका लागि समय लिइसकेको जानकारी पनि दिएका छन्।

१२ जेष्ठ २०८२, सोमबार १२:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा