पोखरा, पोखरा महानगरपालिका – २२ स्थित विश्व शान्ति स्तूपको नजिकै बुधबार दिउँसो नगरबस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। ग १ ख ३८८६ नम्बरको उक्त माइक्रोबस शान्ति स्तूपको पार्किङ स्थलभन्दा केही माथिको सडकबाट पल्टिएको हो।
बस दुर्घटनामा घाइते भएका २६ यात्रु मध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदैछ। स्थानीय बासिन्दा राजु क्षेत्रीका अनुसार अहिले पनि उद्धार कार्य जारी छ।
ब्रेक फेल भएर बस दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ। दुर्घटनास्थलमा पोखराबाट एम्बुलेन्सहरू परिचालित भएका छन्। बसमा अधिकांश भारतीय पर्यटक सवार रहेको जानकारी प्राप्त भएको छ।
तस्बिर – सामाजिक संजाल
घाइतेहरुको थप विवरण केहि बेरमा ..
३१ बैशाख २०८२, बुधबार १४:१७ मा प्रकाशित