Play

ब्यापारीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ, कर्मचारीमाथि हातपातको बिरोधमा महानगरको काम ठप्प

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकामा कार्यरत एक कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखरा महानगरपालिकाका वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । वडाध्यक्ष पराजुलीले हातपात गरेको भनिएका व्यवसायी लेखनाथ सुवेदीको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । वडाध्यक्ष पराजुली नेपाली कांग्रेसबाट निर्बाचित हुन् उनि नेपाली काँग्रेस कास्की क्षेत्र न. २ को सचिब समेत हुन।

वडाध्यक्ष पराजुलीले मंगलबार महानगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका थिए । यस्तै, सोही दिन फुटपाथमा सामान राखेको भन्दै वडाध्यक्षले व्यवसायी सुवेदीलाई पनि हातपात गरेका थिए ।

सोही हातपातका कारण महानगरका कर्मचारीले बुधबार महानगरको सेवा ठप्प पारेका थिए । व्यवसायी सुवेदीले भने वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । कर्मचारीहरुकै आन्दोलनका कारण बुधबार पोखराका वडाहरुमा समेत काम प्रभावित भएको छ ।

कर्मचारीहरुद्वारा काम बन्द 

पोखरा महानगरपालिकाको प्रशासन महाशाखाका सातौं तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्ष पराजुलीबाट हातपात भएपछि पोखरा महानगरका कर्मचारी आन्दोलनमा उत्रेका छन् । वडाअध्यक्ष पराजुलीले वैशाख २३ मंगलबार बिहान कार्यालय समयमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा हातपात गरेका थिए । उक्त घटनालगत्तै कर्मचारी संगठनहरुले विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

विभिन्न कर्मचारी संगठनहरुले संयुक्त रुपमा जारी गरेको बिज्ञप्तिमा भनिएको छ ‘ उक्त घटनाप्रति हामी पोखरा महानगरपालिकमा क्रियाशिल कर्मचारी संगठनहरुको तर्फबाट घोर भर्त्सना गर्दछौं । उक्त घटनामा संलग्न व्यक्ति उपर २४ घन्टा भित्र कानुन बमोजिम कारवाही गर्न ध्यानाकर्षण गर्दछौं, अन्यथा मिति २०८२ वैशाख २४ गते देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रमहरु अगाडि बढाइने व्यहोरा समेत जानकारी गराउँदछौं ।’

स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले हिजै संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए । उनीहरुकै अग्रसरतामा आन्दोलन भएको हो ।

आफ्नो वडामा कर्मचारी नभएकै कारण काम प्रभावित भएको भन्दै वडाध्यक्ष पराजुलीले सामाजिक सञ्जालमा समेत लेख्दै आएका थिए । कर्मचारी व्यवस्थापनकै विषयमा विवाद हुँदा पराजुलीले हातपात गरेका हुन् ।  पोखरा महानगरका मेयर धनराज आचार्यले यसबारेमा बिहीबार छलफल हुने बताएको बुझिएको छ ।

२४ बैशाख २०८२, बुधबार १८:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा