Play

एनआरएनको एकता महाधिबेशनबाट अध्यक्षमा महेश श्रेष्ठसहितको कार्यसमिति निर्बिरोध (नामावली सहित)

उत्तर दक्षिण अमेरिकाको क्षेत्रिय उपसंयोजकमा पोखराबाट अमेरिका पुगेका बाँस्तोला


गुरुकुल खबर


काठमाडौँ,  गैर आवाशीय नेपाली संघको एकता महाधिबेशन अन्योलका बीच काठमाडौँमा सम्पन्न भएको छ। सर्वोच्च अदालतको परमादेश द्वारा गठित शेष घलेले नेतृत्वको उच्चस्तरीय समितिको पहलमा एकता महाधिबेशन भएको हो । एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

नव निर्वाचित कार्यसमितिको अध्यक्षमा महेशकुमार श्रेष्ठ, उपाध्यक्ष ६ जनामा सुनिल कुमार साह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली), विश्वास दीप लिम्बु (तिगेला) छन् । श्रेष्ठको नेतृत्वमा बनेको नयाँ कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु निर्बिरोध भएको बताइएपनि कतिपय पदमा आबश्यकता भन्दा बढी उमेदवारी परेको कारण लामो प्रयासपछि कार्यसमितिलाई निर्बिरोध घोषणा गरिएको भएपनि कतिपय पदमा भने उमेद्वारी नै नपरेपछि ति पद रिक्त भएका छन ।

नया कार्यसमितिमा अमेरिकाबाट दुई जना उपाध्यक्ष बनेका छन सुनील कुमार शाह र बुद्धि सुबेदी दुई जना अमेरिकाबाट उपाध्यक्ष बनेका छन भने अन्य उपाध्यक्षहरुमा मलेसियाका खगेन्द्र नेउपाने, दुबईका मनोज गोर्खाली, बेल्जियमका लोकराज दाहाल र बेलायतका बिश्वास दीप तिक्ले पनि उपाध्यक्ष बनेका छन । उपाध्यक्षका आकन्क्षी अमेरिकाका डा. केशब पौडेल र अष्ट्रेलियाका कृष्ण गिरीले लामो प्रयास पछि आफ्नो उमेद्वारी फिर्ता लिएको कारण उल्लिखित उपाध्यक्षहरु पनि निर्बिरोध बनेको हुन्।

कार्यसमितिको उपाध्यक्ष (महिला) मा जुनु गुरुङ र महासचिव बाबुराम (बीआर) लामा निर्बिरोध बनेका छन। महासचिबमा निर्बाचित बीआर लामा पनि अमेरिकाका हुन् पहिले बुद्धि सुबेदी र गङ्गा गौतमले महासचिबमा चाहना राखेको भएपनि बुद्धिलाई गङ्गाले नछोड्ने बताएपछि उक्त पदमा बीआर लामा लाई ल्याइएको हो । गङ्गालाई प्रबक्ता बनाउने सहमति भएको बुझिएको छ ।

समितिको सचिवमा चिन्तामणि सापकोटा, टंकप्रसाद गैरे र तिलकप्रसाद गैरे, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, सचिव (महिला) देवकी खत्री गुरुङ, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, सहकोषाध्यक्ष कृष्णप्रसाद पोखरेल र महिला संयोजक रश्मि थापा, युवा संयोजक भीमसेन थापा, एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ चयन भएका छन

उत्तर दक्षिण अमेरिकाको क्षेत्रीय संयोजकमा भने पुरानो घर स्यांग्जा भएका डिलुराम पराजुली चयन भएका छन । उत्तर दक्षिण अमेरिकाको संयोजक पराजुली यस अगाडी एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्याशी थिए।  उनि अमेरिकामा छोटो समयमा राम्रो प्रगति गर्ने ब्यबसायीको रुपमा पनि चिनिन्छन।

त्यस्तै, ओसेनिया क्षेत्रीय संयोजक– इर्सद अहमद, क्षेत्रीय उपसंयोजकहरूमा एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा २ जना माधव पोखरेल र मीमबहादुर पुर्जा मध्यपूर्व क्षेत्रीय उपसंयोजक २ जनामा सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई, उत्तर दक्षिण अमेरिका क्षेत्रीय उप संयोजक दुई जनामा विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसियाना क्षेत्रीय उपसंयोजक २ जनामा रामप्रसाद कँडेल र प्रताप राना रहेका छन ।

पोखराका बाँस्तोला बने ‘अमेरिका क्षेत्रिय उप उपसंयोजक’

यसैबीच उत्तर दक्षिण अमेरिका क्षेत्रिय उप उपसंयोजकमा निर्बाचित बाँस्तोला पनि अमेरिकामा बसोबास गर्छन। पोखराबाट झन्डै दुई दशक अगाडी अमेरिका गएका बाँस्तोला नेपाली जनसम्पर्क समिति लंगआइल्याण्ड च्याप्टरको अध्यक्ष समेत हुन। उनि त्यस क्षेत्रमा विभिन्न सामाजिक संघसंस्थामा समेत संलग्न छन । उनि पोखरामा रहंदा नेपाल शिक्षक संघमा सक्रिय थिए।

निर्वाचन समितिले महाधिवेशन स्थलमा आइतबार नै एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिने जनाएको छ ।

सर्वोच्च अदालतबाट २०८० चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले सम्पूर्ण गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा रहेको एनआरएनमा उत्पन्न सम्पूर्ण गतिरोधलाई निकास दिन भन्दै ब्युँताइएको शेष घलेको नेतृत्वको उच्चस्तरीय समितिले यो महाविधेशन गराएको हो ।

१०औं महाधिवेशनको प्रतिनिधि चयनमा विवाद भएपछि २०७८ माघ १ गते तत्कालीन अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको ८१ औं बैठकले तत्कालीन संरक्षक शेष घलेको संयोजकत्वमा उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र कुमार पन्त रहेको ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । यसलाई नै अदालतले ब्युँताइदिएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको ११ औं महाधिवेशनबाट निर्वाचित बद्री केसी र उनको कार्यसमिति, संस्थापक अध्यक्ष उपेन्द्र महतोसहितका संस्थापकको सहभागिता र संलग्नता यो महाधिबेशनमा रहेको छैन । केसी पक्षले आफ्नो कार्यसमितिको पदावधि ०८२ कात्तिक ४ गतेसम्म रहने दाबी गरेको छ ।

यसलाई नै आधार मानेर केसी पक्ष एकताको विशेष महाधिवेशन र नियमित महाधिवेशन एकसाथ गर्नुपर्ने अडानमा छ । केसी पक्षको कार्यसमितिले १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । केसी पक्ष आफ्नो माग सहित अदालत समक्ष पनि पुगेको छ ।

एकता महाधिवेशनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्णय अनुसार नै गैरआवासीय नेपाली संघको एकता महाधिशेन भएको बताएकी छन् । ‘हामीलाई एउटै मात्रै एनआरएनलाई चिन्छौं । मेरो मन्त्रालयले यसलाई नै गर्छ,’ उनले भनिन्,‘सबै यसमा नै जोडिनुस् । अलग अलग हुँदैन । यो नै आधिकारिक हो ।’

निर्बिरोध निर्बाचित उक्त समितिको पदाधिकारी र सदस्यहरुको नामावली यस प्रकार रहेको छ ।

२१ बैशाख २०८२, आईतवार १३:०२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा