Play

पोखरामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने, गृहमन्त्री लेखकसहित सुरक्षा प्रमुखहरु पोखरा आउंदै

गुरुकुल खबर


पोखरा, नेपाल सरकारका गृह मन्त्री एबम नेपाली काँग्रेसका नेता रमेश लेखक पोखरामा हुने विभिन्न कार्यक्रममा भाग लिन पोखरा आउंदैछन। बिहिबार अपरान्ह ४ बजे काठमाडौँबाट पोखरा आएपछि गृहमन्त्री लेखक शुक्रबार पोखरामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

यसक्रममा गृहमन्त्री लेखकले शुक्रबार बिहान पोखराको पुरानो बिमानस्थलमा संचालनमा ल्याईएको प्रदेश गोदाम घर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ भने त्यस लगत्तै पोखराको माउन्ट कैलाश रिसोर्टमा हुने गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशका ११ वटा जिल्लाका सुरक्षा समितिका सदस्यहरुको सहभागोता रहने कास्की जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी शिब लम्सालले गुरुकुल खबरलाई जानकारी दिए।

सुरक्षा समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने र समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग लगायतका सुरक्षा निकायका जिल्ला प्रमुख तथा सुरक्षा अधिकारीहरु रहने ब्यबस्था छ।

सुरक्षा गोष्ठीमा भाग लिन गृहमन्त्री लेखकका अतिरिक्त गृहमन्त्रालयका बरिष्ठ अधिकारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरु समेत पोखरामा आउने कार्यक्रम रहेको छ।

पोखरामा रहंदा गृहमन्त्री लेखकले नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुसंग पनि भेटघाट गर्ने बुझिएको छ ।

४ बैशाख २०८२, बिहीबार १३:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा