Play

राजसंस्था पुनस्थापनाको आन्दोलनका कारण एक पत्रकार सहित दुई जनाको मृत्यु

गुरुकुल खबर


काठमाडौँ,  काठमाडौँमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंमा भएको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको बताइएको छ तिनकुने क्षेत्रमा व्यक्तिको घरमा आन्दोलान्कारीहरुले गरेको आगजनीका कारण त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ।

काठमाडौँको एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको हो। एभिन्युज टेलिभिजनले लाइभमै आफ्नो पत्रकार सुरेशको मृत्यु भएको उल्लेख गरेको छ। नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले तीनकुनेस्थित एउटा घरको चौथो तलामा जलेको अवस्थामा एक जनाको शव भेटिएको बताए।

‘जलेको अवस्थामा एक जनाको शव फेला परेको छ, सनाखत हुन सकेको छैन,’ उनले भने। प्रहरीले सनाखत हुन नसकेको जनाएपनि एभिन्युज टिभीका एक जना पत्रकारले उक्त घरमा रजकले भिडिओ खिच्दै गर्दा घरमा आगजनी भएको तर घरबाट निस्किन नपाएपछि उनको जलेर मृत्यु भएको बताएका छन।

यसैगरी काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

२९ वर्षीय महर्जन दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा सहभागी थिए । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो र प्रहरीको गोलि लगेर उनको मृत्यु भएको प्रदर्शनकारीहरुले दाबी गरेका छन।

१५ चैत्र २०८१, शुक्रबार १९:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा