Play

निरोगी बनाउन निशुल्क बाँड्दै गुर्जोको बेर्ना

गुरुकुल खबर


 

कमल बहादुर राजलवत पेशाले सरकारी कर्मचारी हुन् । आन्तरिक राजश्व कार्यालय लाहनका प्रमुख अधिकृत उनी अहिले विशेष अभियानमा छन् । उनले थालेको त्यो अभियान हो , सम्पूूर्ण नेपालीलाई निशुल्क गुर्जो वितरण । नेपालमा कोरोना भाइरस संक्रमण देखिनु अघिसम्म उनी गुर्जो प्रयोगकर्ता मात्रै थिए । सरकारले कोरोना भाइरस फैलन नदिन गरेको लकडाउनपछि उनी गुर्जो बेर्ना वितरक भएका छन् ।
गुर्जोको बेर्ना निशुल्क वितरण गर्न उनी कहिले काठमाडौं महानगर पुग्छन् त कहिले पुल्चोकस्थित ललितपुर महानगर । काठमाडौं उपत्यकाका अधिकाशं सरकारी कार्यालय पुगिसके गुर्जोका बेर्ना दिनका लागि । प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग कमल बहादुर पुगेको महत्व कार्यालय हुन् ।कमलबहादुर लाहानस्थित आन्तरिक राजश्व कार्यालयको क्वाटरमा बस्छन् । बिहान बेलुकाको फुर्सद सदुपयोग गर्दै गर्जोको कलमी काट्छन् । ती कलमी क्वाटर वरपरको खाली जमिनमा रोप्छन् । यो कामका लागि उनले कार्यालयकै कर्मचारीको सहयोग लिने गरेका छन् । परिवारका सदस्यले पनि मन दिएर आफूलाई सहयोग गरेको बताउँछन् कमलबहादुर । हालसम्म तीस हजार बेर्ना उत्पादन गरिसकेका छन् उनले । सार्वजनिक बिदाको बेला पारेर उनी बेर्ना वितरणका लागि काठमाडौं आउँछन् । आखिर किन गरे त बेर्ना वितरणको काम ? छोटो उत्तर दिए ,‘ नेपाली निरोगी बनाउन मैले यो अभियान सुरु गरेको हुँ ।’ आयुर्वेदका ज्ञाता र आयुवर्देको अध्ययनबाट गुर्जोको प्रयोगले मान्छेमा रोगप्रतिरोधात्मक क्षमता बढाउने जानकारी पाएका छन् उनले ।
गुर्जो कमलबहादुरको कार्यालय वरपर मनेग्य पाइन्छ । सामान्य खर्चमा बेर्ना तयार पार्न सकिने भएकाले निशुल्क वितरण गरेको बताउँछन् । एक लाख बेर्ना निशुल्क वितरण गर्ने तयारी गरेका छन् उनले ।
आयुर्वेदिक चिकित्साका अनुसार गुर्जोमा रोगसँग लड्ने क्षमता हुन्छ । नेपालमा पाइने महत्वपूर्ण जडीबुटी मध्ये एक हो गुर्जो । औषधीय गुणले भरिपूर्ण यो लहरा नेपालको ग्रामीण भेगमा सर्वसुलभ रुपमा पाइन्छ । ज्वरो रुघाखोकी र बाथलाई गर्जो अचुक औषधिको रुपमा लिइन्छ । गर्जोले इन्सुलिन बढाउन सघाउने भएकाले मधुमेहका रोगीहरुलाई यो निकै उपयोगी मानिन्छ । यतिबेला गुुर्जोको चर्चा व्यापक छ, त्यसको कारण हो कोरोनासँग लड्न एन्टिबडी बलियो हुनुपर्छ । एन्टिबडी बलियो बनाउन गुर्जो उपयोग हुन्छ ।
आयुर्वेदका ज्ञाता बालकृष्ण आचार्य गर्जोले रोग प्रतिरोधात्मक क्षमता बढाउने बताउँछन् । कमलपित्त तथा कलेजोसम्बन्धी समस्यामा समेत गुर्जो औषधि बन्ने उनी बताउँछन् ।
गुर्जो हुर्काउने तरीकाबारे कमलबहादुर भन्छन् ,‘यहाँहरुले गुर्जोलाई गमलामा पनि रोप्न सक्नुहुन्छ । ’गुर्जो जस्तोसुकै वातावरणमा हुर्कन सक्ने उनले बताए ।

१८ असार २०७७, बिहीबार १६:३२ मा प्रकाशित
Nabintech