Play

प्रतिभा एजुकेसन फाउन्डेसनको सफलतासंगै ५० करोड बढीको लगानीमा एभरग्रीन एकेडमी संचालन गरिंदै

उन्नत शिक्षा प्रणाली, नविनतम् प्रविधि र कला केन्द्रीत परियोजनामा आधारित सिकाई हुने संचालकको भनाई


गुरुकुल खबर


पोखरा, पोखराको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा स्थापित प्रतिभा एजुकेशन फाउण्डेशनले सानो उमेरका बालबालिकालाई लक्षित गरेर  ‘एभरग्रीन एकेडेमी’ संचालन गर्ने भएको छ । पोखरा तेर्सापट्टिस्थित पहिले कल्पना सिनेमा हल रहेको जग्गामा अत्याधुनिक र सुबिधा सम्पन्न भवन निर्माण गरी एडेकेमी सञ्चालनमा ल्याएको हालै आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईएको हो ।

प्रतिभा एजुकेसन फाउन्डेसनले पछिल्लो समयमा पोखराको शैक्षिक क्षेत्रमा छुट्टै स्थान ओगट्न सफल भएको छ ।   फाउण्डेसनद्वारा सञ्चालित प्रतिभा माविको शैक्षिक सफलतासँगै विद्यार्थीको बौद्धिक विकास र व्यक्तित्व निर्माणलाई सशक्त बनाउन प्रतिभा एजुकेसन फाउन्डेसनको मातहतमा रहनेगरी एभरग्रीन एकेडेमी स्थापना गरिएको प्रतिभा एजुकेसन फाउण्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए ।

विद्यार्थीलाई सिर्जनात्मक, व्यावहारिक तथा आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्य राखेको पौडेलले बताए । ‘एकेडेमीको मुख्य उद्देश्य भनेको प्रत्येक विद्यार्थीको वैयक्तिक भिन्नतालाई सबलीकरण गराउनु हो ।’ उनले भने, ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टीम) र उन्नत प्रणालीमा आधारित शिक्षा प्रदान गर्नु हो ।’ ‘प्रत्येक विद्यार्थी फरक–फरक हुन्छन्, त्यसैले उनीहरूको प्रतिभा पहिचान गरी सोहीअनुसार सिकाइ प्रविधि अपनाइनेछ,’ पौडेलले भने ।

टोडलरदेखि कक्षा ५ सम्मको पढाइ सुरु हुने एभरग्रीन एकेडमीमा यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गरिने भएको छ । आगामी वर्षदेखि भने कक्षा ६ देखि १० सम्म विस्तार गर्ने योजना छ । बिद्यार्थीहरुको सुबिधाको लागि विद्यालयमै नर्ससहितको हेल्थ डेस्क, साइन्स ल्याब, लाइब्रेरी, तल्ला चढ्न लिफ्टसहित अत्याधुनिक सेवासुविधा रहेको एकेडमीले जनाएको छ। एकेडमीको स्थापना र संचालनका लागि आबश्यक पुर्वाधार र संरचना निर्माणमा ५० करोड बढी खर्च हुने बुझिएको छ ।

एभरग्रीन एकेडेमीले समावेशी र विद्यार्थी केन्द्रित शिक्षा प्रणालीलाई केन्द्रमा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्ने लक्ष राखेको एकेडेमीका निर्देशक किरण सापकोटाले जानकारी दिए । उनले भने, ‘हामी पाठ्यक्रम र परीक्षामा आधारित मात्र शिक्षा दिन्नौँ । बरु विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउन चाहन्छौं ।’

निर्देशक सापकोटाका अनुसार एकेडेमीले विद्यार्थीको व्यक्तिगत आवश्यकतालाई ध्यानमा राखेर शिक्षा प्रदान गदर्छ । ‘विद्यार्थीको सोंच र सिर्जनात्मक क्षमता प्रकट गर्न र उनीहरुलाई भविष्यका चुनौतीसँग सामना गर्न सक्षम बनाउनको लागि विद्यार्थीको प्राकृतिक जिज्ञासा र अन्वेषणको भावना अभिवृद्धि गर्नमा केन्द्रित रहेर अध्यापन गराइन्छ ।’ उनले भने – ‘यसले विद्यार्थीलाई विभिन्न विषयसँग सम्बन्धित समस्याको समाधानमा अग्रसर बनाउँछ, जसले उनीहरुमा विश्लेषणात्मक र समस्या समाधान सीपको विकास गर्नेछ ।’

विद्यार्थीको समग्र व्यक्तित्व विकासको लागि विशेष योजना बनाएर शैक्षिक गतिविधि सञ्चालन गर्ने तथा शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई पनि उत्तिकै प्राथमिकता दिने निर्देशक सापकोटाले बताए ।

प्रत्येक कक्षामा बढीमा २४ जनासम्म विद्यार्थीलाई अध्यापन गराइनेछ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कक्षाकोठाको संख्यालाई सीमित राखिएको विद्यालयले जनाएको छ । अत्याधुनिक साइन्स ल्याब, कम्युटर ल्याब, हाइजेनिक खाजाको व्यवस्था, एसीसहितको बस सुविधा, सबै विद्यार्थीका लागि कपडा तथा किताब राख्ने दराजको व्यवस्था गरिए पनि त्यहाँ अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई विद्यालय पोशाक भने अनिबार्य नगरिने एकेडेमीले जनाएको छ ।

१५ चैत्र २०८१, शुक्रबार १२:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा