Play

पृथ्वीनारायण क्याम्पस: अनेरास्ववियुको निरन्तरता, नेविसंघ ६०२ मतले पराजित, स्वतन्त्र उमेद्वार तेश्रो स्थानमा

गुरुकुल खबर


पोखरा, पोखराको पृथ्वीनारायण क्याम्पसमा सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनमा नेकपा एमाले सम्बद्ध बिद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो बिजय कायम राखेको छ। अनेरास्ववियुको गढको रुपमा परिचित पृथ्वीनारायण क्याम्पसमा यस पटक पनि आफ्नो बिजययात्रालाई निरन्तरता दिंदै क्याम्पसलाई आफ्नो प्रभाव क्षेत्रको रुपमा स्थापित गर्न सफल भएको छ।

निर्बाचनमा अनेरास्ववियुका तर्फबाट अध्यक्षका उमेद्वार बिष्णु पोखरेलले १ हजार १ सय ५ मत प्राप्त गरेर बिजयी भए भने उनका निकटतम प्रतिद्वन्दी भनिएका नेविसंघका शुशील नेउपानेले ५ सय २ मत मात्र पाएका छन। नेउपानेले पाएको मत पोखरेलको भन्दा ६ सय २ ले कम छ । अध्यक्ष पदमा उमेद्वारी दिएकी स्वतन्त्र तर्फकी उमेद्वार विप्लवी नेउपानेले ४ सय ६९ मत पाएकी छन।  नेविसंघ र स्वतन्त्रका अध्यक्ष पदका उमेद्वारको बिचमा मात्र ७४ मतको अन्तर परेको छ ।

अध्यक्ष पदमा उमेद्वारी दिएका नेकपा माओबादी निकट अखिल क्रान्तिकारीका नबिन अधिकारीले २ सय २३, संयुक्त प्यानलका सन्तोष पौडेलले १ सय ९६, अखिल छैटौंका मिलन सुनारले २८ मत, प्राज्ञिक बिद्यार्थी परिषदका दिप्सन गुरुङले ७६ मत र अर्का स्वतन्त्र उमेद्वार कमल सुबेदीले ९९ मत पाएका छन ।

चैत्र १० गते मतदान कार्यक्रम सकिएको भएपनि ११ गते अर्थात सोमबार बिहान मतगणना शुरु भएकोमा मंगलवार बिहान सम्पन्न मतगणनाको परिणामले उक्त क्याम्पसमा फेरिपनि एमाले सम्बद्ध अनेरास्ववियुलाई नै स्वतन्त्र बिद्यार्थी युनियनमा स्थापित गरेको छ। क्याम्पसमा ९ हजार बढी बिद्यार्थीहरु मतदाताको रुपमा योग्य रहेपनि करिब ६ हजारले मात्र मतदाता परिचयपत्र लिएको थिए भने २ हजार ९६ जनाले मात्र मतदान गरेका थिए। मतदानका क्रममा २६ मत बदर भएको निर्बाचन समितिले जनाएको छ ।

उमेद्वारहरुले पाएको मत विवरण यसप्रकार रहेको छ ..

१२ चैत्र २०८१, मंगलवार ०७:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा