Play

रास्वपा गण्डकीका सभापतिलाई हटाउने प्रयासमा प्रदेशका महामन्त्री र अनुशासन आयोगका अध्यक्ष समेतका नेताहरु

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गण्डकी प्रदेश सभापति राजन गौतमलाई पार्टीको जिम्मेवारीबाट हटाउन माग गर्दै सोहि पार्टीको महत्वपुर्ण जिम्मेवारीमा बसेकाहरुले पार्टीको केन्द्रमा उजुरी दिएका छन्। गौतमले पार्टीलाई क्षति पुर्‍याउने गरेको र स्वेच्छाचारी बन्दै गएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेको हो । तर, अहिले यो बिषयलाई सार्बजनिक हुन नदिई मिलाइएको श्रोतले जनाएको छ।

‘‘गण्डकी प्रदेश समितिका सभापति राजन गौतमको क्रियाकलाप, अभ्यास र व्यवहार, हाम्रो पार्टीको विधि–विधान, मूल्य र मान्यताविपरीत रहेको साथै स्वेच्छाचारी ढंगले पार्टी चलाउँदै आएको कारण पार्टीलाई गण्डकी प्रदेशमा ठूलो क्षति पुग्दै गएको र आगामी दिनमा थप क्षति पुग्ने देखिएकाले उहाँलाई पार्टीको राइट टु रिकल वा कुनै विधिबाट जिम्मेवारी हेरफेर गरी कारबाही गरी पाऊँ भनी तपसिलबमोजिमका जिम्मेवार साथीहरूले सहीछाप गरी यो निवेदन संयुक्त रूपमा पेस गर्दछौँ।, साथै उहाँको विषयमाथि निर्णय नहुँदासम्म हामीले गर्दै आएका जिम्मेवारीमा निष्क्रिय रहने कुराको समेत संयुक्त रूपमा अवगत गराउँदछौँ,” उजुरीमा भनिएको छ ।

रास्वपा प्रदेश महामन्त्रीसहित १५ जनाले कार्यवाहक महामन्त्री एवं संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीलाई यही चैत २ मा जिम्मेवारी फेर्न भन्दै पत्र पठाएका थिए । गौतमको क्रियाकलाप, अभ्यास, व्यवहार पार्टीको मूल्य–मान्यताविपरीत रहेको र उनी स्वेच्छाचारी बनेको पत्रमा उल्लेख थियो ।

प्रदेश अनुशासन आयोग प्रमुख योगेन्द्र केसी, महामन्त्री नवीन त्रिपाठी, संगठन विभाग सचिव एकराज न्यौपाने, कोषाध्यक्ष लक्ष्मी अधिकारी, प्रवक्ता विकास भुर्तेल, सदस्यहरू हेम सुवेदी, अशोक खड्का, अनीषा अधिकारी, शितला थापा, विनोद विक, समिउन निशा, गीता सुनार, राममाया बस्ताकोटी, योगराज पौडेल र डिल्लीराम कोइरालाले हस्ताक्षर गरे उजुरी दिएका थिए ।

गौतमले पदाधिकारीको जिम्मेवारी हेरफेर, विभाग गठन, जिल्ला समिति गठनमा एकलौटी गरेको, वडा र जिल्ला भेलामा महामन्त्रीलाई थाहै नदिई एक्लै जाने गरेको, नवलपुर मात्र केन्द्रित भएको, पार्टीभन्दा पनि व्यक्तिगत राजनीतिलाई केन्द्रमा राखेको आरोप उनीहरूको रहेको समाचार बारखरी अनलाइनले छापेको छ।

रास्वपा गण्डकी समितिका महामन्त्री नवीन त्रिपाठीले उजुरी परेको स्वीकार्दै अहिले उक्त विषय टुंगिएको बताए । “बैठक बसेर अध्यक्षज्यूले कार्यशैलीमा सुधार गर्छु, सबै साथीहरूलाई समेटेर लैजान्छु भनेपछि यो विषय सट्डाउन भइसकेको छ । उहिलेको विषय अहिले आएर सार्वजनिक हुँदा अचम्मित भएका छौँ,” उनले भने ।

८ चैत्र २०८१, शुक्रबार २१:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा