टोकियो (जापान), कास्की पोखरा समाज जापानको २०२५–२७ कार्यसमितिको पहिलो बैठक आइतबार सम्पन्न भएको छ। बैठकले समाजको प्रवक्तामा बिष्णु सुबेदी निशानलाई चयन गर्ने निर्णय गरेको छ। बैठकमा नवनिर्वाचित अध्यक्ष कमल बाँस्तोलाद्धारा प्रस्तावित संस्थाका भावी योजना तथा कार्यक्रमहरूमा छलफल गरिएको थियो।

बैठकले कास्की जिल्लाबाट जापानमा आई बसोबास गरिरहेका व्यक्तिहरूलाई एक आपसमा जोड्ने पहल गर्ने, जापानी समुदायमाझ कास्की–पोखरालाई चिनाउन विभिन्न कार्यक्रमहरू गर्ने, आजीवन तथा साधारण सदस्यहरूको संख्या बढाउने, जापानका विभिन्न क्षेत्रहरूमा क्षेत्रीय समितिहरूको विस्तार गर्ने, जापानमा बसोबास गर्दै आइरहेका कास्केलीहरूका समस्या तथा गुनासो सुन्ने प्रणाली तयार गर्ने र जापानबासी नेपालीहरूमाझ देखिएका समस्या समाधानको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्ने निर्णय गरेको छ।
जस अनुसार पुराना र नयाँ पुस्तालाई जोड्ने कार्यक्रम, विद्यार्थी भिसामा रहेका नेपालीहरूका लागि इन्स्योरेन्स सम्बन्धी कार्यक्रम, जापानमा रहेका अन्य संस्थाहरूसँग समन्वय गरी गरिने कार्यक्रम, आर्थिक शिक्षा सम्बन्धी कार्यक्रम, सांस्कृतिक कार्यक्रम, जापानको श्रम कानून सम्बन्धी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेको अध्यक्ष बास्तोलाले गुरुकुल खबरलाई जानकारी दिए ।
बैठकमा हालै सम्पन्न निर्वाचनका निर्वाचन मण्डल तथा पूर्व र निवर्तमान अध्यक्षहरूलाई सम्मान गरिएको थियो। निवर्तमान अध्यक्ष सन्देश अधिकारी, पूर्व अध्यक्षहरू बिकाश श्रेष्ठ, शिब प्रसाद पौडेल, र बिष्णु प्रसाद सुबेदी (विश्व) ले नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यसमिति सदस्यहरूले संस्थाप्रति आ–आफ्नो धारणा तथा भावी कार्ययोजनाका विषयमा विभिन्न सुझाब दिएको जापानबाट जिबन सुबेदीले जानकारी दिएका छन।
कास्की समाज जापानको अधिबेशन, कमल अध्यक्ष रहेको नयाँ समिति निर्बिरोध निर्बाचित
















