Play

जयनेपाल फाउन्डेसन अन्तर्गत बिभिन्न मुलुकका महिलाहरुको संलग्नतामा ग्लोबल महिला नेटवर्कको गठन

ग्लोबल महिला नेटवर्कको अध्यक्षमा बिनिता र महासचिबमा प्रतिज्ञा सहित ३९ सदस्यीय समिति


गुरुकुल खबर


अमेरिका, जय नेपाल इन्टरनेशनल फाउन्डेसनले विश्वभरका नेपाली महिलालाई एकत्रित गर्दै ग्लोबल महिला नेटवर्क गठन गरेको छ । प्रजातन्त्रवादी नेपालीहरुलाई एउटै मालामा गाँसेर नेपालको हितमा अग्रसर गराउने उद्देश्यले फाउण्डेसनको स्थापना गरिएको जनाए । मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको समुहले जयनेपाल फाउन्डेसनको स्थापना गरेको हो। फाउन्डेसनको अध्यक्षमा हाल अमेरिकामा रहेका डा. यादव पण्डित रहेका छन।

फाउन्डेसनका अध्यक्ष पण्डितका अनुसार हाल नेपाल र अमेरिका सहित बिभिन्न मुलुक र राज्यहरुमा फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेका छन् । नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले यस संस्थाको स्थापना भएको उक्त फाउन्डेसनले आंफ्नो संस्थालाई बिस्तार गर्ने क्रममा हालसम्म ग्लोबल नलेज नेटवर्क, ग्लोबल युथ नेटवर्क यस अगावै गठन भईसकेको फाउण्डेसनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले बताए ।

यसैक्रममा शुक्रबार आयोजित वेबिनार सम्मेलन मार्फत ग्लोबल महिला नेटवर्क गठन गरिएको र उक्त नेटवर्कको अध्यक्षमा बिनिता अधिकारीलाई चयन गरिएको हो।  अधिकारी नेपालमा रहेर प्रजातन्त्र र नागरिक् एबम महिला अधिकारको लागि सक्रिय रहेकी छन नेटवर्कको महासचिबमा हाल अष्ट्रेलियामा रहेकी प्रतिज्ञा अधिकारीलाई चयन गरिएको छ। उनि लम्जुंगका कांग्रेस नेता एबम पूर्व स्वास्थ्य राज्यमन्त्री रामचन्द्र अधिकारीकी छोरी हुन।

विभिन्न पेशामा आवद्ध महिलाहरुको प्रतिनिधित्व हुनेगरी नेपाल सहित विभिन्न देशमा रहेका महिलाहरुलाई समेटेर समिति गठन गरिएको हो । शुक्रबार एक वेबिनार मार्फत उक्त समिति निर्माण गरिएको फाउण्डेसनका केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले जानकारी दिए ।

नेपाली काँग्रेसका महिला नेतृहरुको सहभागितामा वेबिनार सम्मेलन सम्पन्न भएको हो । समितिका सदस्यहरुमा लक्ष्मि खरेल (अमेरिका), उर्मिला कंडेल जोशी (नेपाल), निर्मला खड्का (नेपाल),अर्पणा खड्का(नेपाल), निर्मला फुलारा ठाकुर (नेपाल), सिता अर्याल(साईप्रस), अनु थापा (इजरायल), अप्सना कंडेल (न्युजिल्याण्ड), भावना खनाल अर्याल (नेपाल), विन्दु दुलाल (साइप्रस), दिपा शिवाकोटी (नेपाल), दुर्गा तिवारी (अमेरिका), ललिता शाह (नेपाल), लेमु दाहाल (नेपाल), निर्मला सुर्खाली ( दक्षिण कोरिया) रहेका छन

यसैगरि पुष्पा पोखरेल (अमेरिका), सरिता न्यौपाने (भारत), रश्मिता कार्की ((नेपाल), सचिना बानियाँ (नेपाल), सपना खनिया (बेलायत), सरस्वती ओली (क्यानडा) , श्रद्धा अधिकारी (अमेरिका), सिता खुलाल मगर ( युएई), तारा खड्का मिश्र (नेपाल) रहेका छन् । त्यस्तै सदस्यमा जयकला राई (बेलायत ) , पबिता देवकोटा रेग्मी (जापान), ज्योत्सना अधिकारी (आयरल्याण्ड), मिनामाया खरेल (जर्मनी), सुनिता कंडेल लामिछाने (डेनमार्क), निर्मला परियार (नर्वे), गिता रेउले (पोर्तुगल), प्रिन्सेस खरेल (जापान), जेनिशा उप्रेती (नेपाल), लक्ष्मी खड्का खत्री (नेपाल) , ईन्दिरा बराल (नेपाल) र रिता गुरुङ (हङकङ)लाई पनि समितिको सदस्यमा राखिएको छ।

कार्यक्रमकी प्रमुख अतिथि नेपाली कांग्रेसकी सहमहामंत्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले मुलुकको परिवर्तन र दिगो विकासमा महिलाहरुको भूमिका अपरिहार्य रहेको बताइन् । उनले नेपालको विकासमा विश्वभरका नेपाली एक हुन आग्रह गरिन् । उनले विदेशमा भएका साथीहरुको मन नेपालमै रहेको र उहाँहरुको सम्मान गर्दै नेपाल भित्र्याउने वातावरण बनाउनु पर्ने बताइन्। उनले आफु जेल बस्दा स्वर्गीय नेत्री शैलजा आचार्यसंग बसेर धेरै सिक्ने अवसर पाएको र जेल नै पाठशाला बनेको कुराको चर्चा गरिन। अब हामीले सिकेको कुरा नयाँ पुस्तालाई सिकाउन जरुरी छ। यसलाई अभियानको रुपमा लिएर जानु पर्ने आवश्यकता छ,” उनले भनिन्।

संघीय सांसद सरिता प्रसाई, नेपाली काङ्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, एनआरएनए एनसीसी अमेरिकाका पूर्व उपाध्यक्ष दिलु पराजुली, जय नेपाल फाउण्डेसन नेपाल शाखाका अध्यक्ष बद्री अर्याल, जय नेपाल फाउण्डेसनको ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदन राज पौडेल, सिता अर्याल, निर्मला ठाकुर लगायतका वक्ताले नवगठित संजालका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।

जय नेपाल फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डितले ग्लोबल महिला नेटवर्कको गठनले फाउण्डेसनको अभियान थप सशक्त हुने बताए । उनले संसारभरि रहेका नेपाली महिलाहरुको अनुभव र क्षमतालाई नेपालको हितमा लगाउने बताए ।

१७ फाल्गुन २०८१, शनिबार ०९:१९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा