Play

राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अधिबेशन, अध्यक्षमा श्रेष्ठ

गुरुकुल खबर


पोखरा, राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । मङ्गलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा वसन्त शेर्पा ,सचिवमा प्रेम थापा, कोषाध्यक्षमा गणेश बज्रलामा, सहसचिवमा माधव पोखरेल चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा हुमबहादुर गुरुङ, अभिनन्दन बजिमिया, मदनमणि तिमिल्सिना, सागर ढकाल चयन भए ।

अधिबेशनको अबसरमा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले संस्थागत रुपमा अग्रज फोटो पत्रकारहरु सँग समन्वय गरेर काम गर्न आग्रह गर्दै नवनिर्वाचित कार्यसमितिले रचानात्मक काम गर्न सुझाब सहित कार्यकाल सफल रहोस भन्दै शुभकामना दिए।

कार्यक्रममा पोखराकी फोटो पत्रकार राधिका कँडेलले फोटो पत्रकारको हकहितमा काम गर्न नयाँ कार्यसमितिका साथीहरुलाई आग्रह गरिन ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष योगेन्द्र श्रेष्ठले फोटो पत्रकार हरूको हकहितका क्षेत्रमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आगामी नयाँ वर्षको अवसर पारेर संस्थाको संस्थागत भित्तेपात्रो प्रकाशन गर्ने, फोटो पत्रकारको प्रोत्साहनको लागि विभिन्न पुरस्कारहरु स्थापना गर्ने र पोखरामा फोटो प्रर्दशनी आयोजना गर्ने जानकारी दिए ।

१३ फाल्गुन २०८१, मंगलवार १३:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा