Play

सराङकोटको डांडामा भौतिक संरचना निर्माणमा ३५ करोड खर्च भएको दाबी, १५ करोड अझै खर्च गर्ने

गुरुकुल खबर


पोखरा, नेपाल सरकारका प्रवक्ता एबम सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सराङकोट डांडा धार्मिक एबम पर्यटकीय क्षेत्र बन्दै गएको बताएका छन् । बिहिबार विहान त्यस क्षेत्रको अवलोकन पछि स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पोखरालाई नजिकैबाट नियाल्न तथा फेवाताल र विभिन्न हिमशृङखलाको अवलोकनका लागि सराङकोट पुग्नैपर्ने बताए ।

सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको अग्रसरतामा निर्माण गरिएका संरचनाले त्यस क्षेत्रको सुन्दरता बढेको कुराको चर्चा गर्दै  मन्त्री गुरुंगले पर्यटन प्रबर्धनमा सराङकोटको भूमिका महत्वपूर्ण रहदै आएको भनाई राखे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सराङकोट अव पर्यटकीय स्थल मात्रै नरही धामका रुपमा विकास हुँदै गएको स्पष्ट पारे।

पोखरा महानगरपालिका-१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले २० औं वर्षको निरन्तर प्रयासपछि सराङकोट डाँडामा विभिन्न संरचना निर्माण भएको स्पष्ट पार्दै यस क्षेत्रबाट नेपाल टेलिभिजनको टावर स्थानान्तरणका लागि संघ सरकारको ध्यानाकर्षण गराए ।

त्यस अवसरमा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, पत्राचार उपसमिति संयोजक सुशिल जिसी लगायतले सराङकोटको विकासमा तिनै तहका सरकारको ध्यानाकर्षण गराए।

यसै बीच फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा हुन लागेको श्रीमद्भागवत् ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव सफल बनाउने सम्बन्धमा बिहिबार नै सरागकोटमा एक छलफल कार्यक्रमको आयोजना गरियो।

छलफलका क्रममा सराङकोटमा हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, एक सय आठ शिवलिङ, एक सयआठ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमेकालिका, स्वागतद्वारको निर्माण भएको र त्यसका लागि हालसम्म ३५ करोड रुपैया भन्दा बढी खर्च भइसकेको र अब करिब १५ करोड रुपैया बराबरको संरचना निर्माण गर्न बाँकी रहेको जानकारी दिईएको थियो ।

छलफलमा साना किसान सहकारी संस्थाका प्रबन्धक इन्दिरा थापाले महयज्ञ पोखराकै इज्जत तथा स्वाभिमानको कुरा भएकोले सबैको सहयोग आबश्यक रहेको बताइन। सराङकोट एफएमका संचालक कृष्ण थापाले यज्ञलाई सफल बनाउन सबैको समान भूमिका हुने उल्लेख गर्दै त्यसमा पत्रकारहरुको पनि साथ रहने प्रतिबद्धता जनाए। सराङकोटमा निर्माण भएका संरचनाको आउँदो महाशिवरात्रि पर्वको अवसरमा यही फागुन १४ गते उद्घाटन गर्ने कार्छयक्रम रहेको छ।

१ फाल्गुन २०८१, बिहीबार २३:०१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा