न्यूयोर्क (अमेरिका ), एनआरएन नागरिकता कार्यान्वयन सम्बन्धमा न्युयोर्कको लङ आइल्याण्डमा हालै एक छलफल कार्यक्रमको आयोजना गरियो । नेपाली काँग्रेसका पुर्ब सभापति एबम पूर्व प्रधानमन्त्री शुशील कोइरालाको स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बक्ताहरुले स्वर्गीय सुशील कोइरालाको स्मरण गर्दै उहाँले लोकतन्त्र, पारदर्शिता, नेपाली जनताको हकहितका लागि गरेका योगदानको सम्मान गरे।
वक्ताहरूले कोइरालाको सरल जीवनशैली, इमानदारिता, र निष्ठापूर्ण नेतृत्वलाई प्रेरणाको स्रोतका रूपमा लिँदै गैरआवासीय नेपाली नागरिकताको विषयमा कोइरालाले देखाएको इमानदार र सद्भावपूर्ण दृष्टिकोण अन्य नेताहरूमा पनि आवश्यक रहेकोमा जोड दिएका थिए।
वक्ताहरूले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा ढिलाइ हुनु गैरआवासीय नेपाली समुदायको हकहितसँग जोडिएको विषय भएको उल्लेख गर्दै नेपाल सरकार, सम्बन्धित निकाय र सम्पूर्ण सरोकारवालाहरूले यथाशिघ्र आवश्यक कदम चाल्न आग्रह गरेका थिए। ‘एनआरएन नागरिकताको विषयमा सबै पक्षको गम्भीर ध्यानाकर्षण आवश्यक छ।’ बक्ताहरुको भनाई थियो
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय परिषद्का नेता एवं पूर्व अध्यक्ष कुल आचार्यले नागरिकता कार्यान्वयनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरे। उनि एनआरएनको महाधिबेशन गर्नको लागि सर्वोच्च अदालतको आदेश अनुसार शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिका सदस्य समेत हुन ।
आचार्यले सर्वोच्च अदालतको परमादेश अनुसार ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने कुरामा जोड दिंदै एनआरएनएलाई थप व्यवस्थित र गतिशील बनाउन सबै पक्षले गम्भीर पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली समुदायको समन्वय परिषदका अध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा एनआरएन अमेरिकाका पूर्व बोर्ड अफ डाइरेक्टर विश्वराज वास्तोला, एनआरएन क्यानडाका पूर्व अध्यक्ष दिपक गौतम, एनआरएन अमेरिका अध्यक्ष सूर्य लम्साल, उपाध्यक्ष मिन खड्का, टेक्सासका व्यवसायी तथा एनआरएन अमेरिकाका पूर्व उपाध्यक्ष सुमन थापा लगायतका वक्ताहरूले एनआरएन नागरिकता कार्यान्वयनका लागि सबै पक्ष एकजुट भई सरकारलाई आवश्यक दबाब दिनुपर्ने आवश्यकता औल्याए।
कार्यक्रममा समाजसेवी तथा एनआरएन अभियन्ता वसन्त चापागाईं, शंकर भण्डारी, टीका ढकाल, मोहन क्षेत्री, निर्मल थपलिया, विपिन भट्ट, परशुराम देवकोटा लगायत विभिन्न व्यक्तित्वले आआफ्नो सुझाब दिएका थिए।