पोखरा, पिताम्बर विष्णुराज्य प्रतिष्ठानले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति संस्कृतिविद् प्राडा. जगमान गुरुङलाई सम्मान गरेको छ । प्रतिष्ठानले ५० हजार ५ सय रुपैयाँ ताम्रपत्र र दोसल्ला ओढाइ सम्मान गरेको हो ।
संस्थाले यसअघि साहित्यिक व्यक्तित्व डा महेश्वर शर्मा पौडेल र नारायणप्रसाद अधिकारीलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले अहिलेको समयमा नैतिकताको खडेरी भएको बताए । उनले मेहेनत गरेर गरिमामय पदसम्म पुग्ने जगमानबाट सबैले सिक्नुपर्नेमा जोड दिए ।
अग्रज पत्रकार नारायण कार्कीले जगमान प्रखर राष्ट्रवादी व्यक्तित्व भएको बताए । संस्थाका अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले आग्रह/पूर्वाग्रह रहित पुरस्कार यो प्रतिष्ठानले दिँदै आएको बताए ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक पृथ्वीराज शर्मा तिमिल्सिना, वैदिक दर्शन अध्येता डा नारायण अधिकारी, पूर्व अञ्चलाधीश लालकाजी गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ॅबिखर्ची’, डा जर्ज जोन, संस्थाका सचिव नवराज पौडेल लगायतले बोलेका थिए ।