Play

सातवटा पोखरेली चर्चित ब्याण्डको प्रस्तुति ‘ब्याक टु नाइन्टिज’ शुरु हुँदै

गुरुकुल खबर


पोखरा. पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आज शनिबार साँझ ‘ब्याक टु नाइन्टिज’ बिरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्दैछ ।  पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने कार्यक्रमा नब्बेको दशकमा पोखरामा उदाएका चर्चित ब्याण्डमध्ये ७ ब्याण्ड एकै स्टेजमा उतार्ने तयारी छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता एवं गण्डकी प्रदेश सरकारका संस्कृति तथा प्रविधि मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष आतिथ्यतामा हुने कार्यक्रम साँझ ५ बजेदेखि १० बजेसम्म हुनेछ ।

नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको बिरासत फर्काउन कार्यक्रम गर्न लागेको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा कन्दरा ब्याण्ड (विवेक श्रेष्ठ) ले कन्दराले तगारोमा रुमाल राखी, तिमी पारी र लेककी हे माया गीतहरु गुञ्जाउनेछ । डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ) ले झ्याम्म झ्याम्म, कैलाशैमा, झ्याम्मै चौतारी र तारा खस्यौली गीत गाएर दर्शकको मन जित्नेछन् ।

पोखरा सांगीतिक कलाकार संघ अध्यक्ष एवं लेकाली व्याण्डका हर्कराज गुरुङ (भाइ) र नवीन गुरुङले पालैपालो यो मुटुमा, सपनीमा, कहाँबाट र पहिलो नजर गीत गुञ्जाएर दर्शकलाई फरक स्वाद पस्कनेछन् ।

देउराली व्याण्ड (शान्त बज्राचार्य) ले देउरालीले ढुंगे साँघुको मेलामा, लुकीचोरी र सररर हावा गीतहरु प्रस्तुत गर्दा ब्रोसिस व्याण्ड (प्रकाश राना)ले चाईना कम्पनी र जादू तिम्रो नजरले गुञ्जाउने छन् ।

मध्यान्ह (कर्णदास र कुमार गुरुङ) ले जिन्दगीको के भरोसा र मन मनै मन पराइसकेछु गीत गुञ्जाउँदा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ)ले यो जिन्दगानी र उकाली चढी गीतहरु प्रस्तुत गर्नेछन् ।
यो कार्यक्रम बिरासत फर्काउन कोशेढुंगा सावित हुने आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाइ)ले बताए ।

पुराना सांगीतिक व्याण्डहरुको पुनर्जागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए ।

नब्बेको दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्ने कार्यक्रम संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए ।

प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले पोखराको सांगीतिक आकाश फराकिलो बनाउन कार्यक्रमले सघाउने बताए । यसले पर्यटनको राजधानी पोखराको रि–ब्राण्डिङ गर्ने अपेक्षा गरे ।

पोखराको कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) को प्रस्तुतिमा हुने कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गण्डकी प्रदेश सरकारको सहकार्य छ । पोखरा महानगरपालिका प्रवद्र्धक हो ।

२६ माघ २०८१, शनिबार १६:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा