Play

बलेवा समाज जापानको सांगीतिक कार्यक्रमबाट करिब चार लाख बचत

गुरुकुल खबर


टोकियो (जापान), बलेवा सेवा समाज जापानले नयॅा वर्ष २०२५ को अवसर पारेर आयोजना गरेको सॅागितिक सॅाझ कार्यक्रम करिब चार लाख जापानी ऐन बचत भएको छ।

समाजले आयोजना गरेको समिक्षा बैठकमा दिईएको जानकारी अनुसार उक्त कार्यक्रबाट १९ लाख ३५ हजार जापानी ऐन संकलन भएकोमा १५ लाख ५३ हजार खर्च भई ३ लाख ८२ हजार बचत भएको हो।

उक्त समिक्षा बैठकमा नेपालबाट जापान भ्रमणमा रहेका पूर्व सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका बलेवा सेवा समाज जापानका संस्थापक प्रमुख सल्हाकार डा. सुर्य पाठक, टिभि अन्नपुर्णका प्रबन्धक एबम प्रेस चौतारीका नेता राजु सुबेदी लगायत नेपालबाट जापान पुगेकाहरु र कार्यक्रमका गोल्ड स्पोन्सरहरुलाई सम्मान समेत गरिएको थियो।

गत जनवरी ४ तारिखमा भएको सॅागितीक कार्यक्रमको संयोजक दिप पाठक, कार्यक्रमका आर्थिक संयोजक महेन्द्र पिसी, सॅस्थाका कोषाध्यक्ष एलपी शर्मा लगायतको टिमले कार्यक्रमको आम्दानी खर्चको विवरण पेश गरेका थिए ।

टोकियोको सिनओकुबोस्थित सोलमारी रेष्टुरेण्टको हलमा भएको कार्यक्रमको अध्यक्षता सॅस्थाका अध्यक्ष महेन्द्र ढकालले गरेका थिए भने नेपालको समसामयिक राजनिती बिषयमा सम्भवना र चुनौतीहरु बारेमा डा. सुर्य पाठकले प्रकाश पारेका थिए समाजका महासचिब अर्जुन लामिछाने, समाजका संरक्षक सेबक पिसी र पत्रकार राजु सुबेदीले पनि आफ्ना भनाई राखेका थिए ।

११ माघ २०८१, शुक्रबार ११:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा