Play

भारतका चार जना स्रष्टालाई नइ प्रकाशनले विभिन्न पुरस्कार दिने

गुरुकुल खबर


काठमाडौँ,  नइ प्रकाशनले भारतका चार जना स्रष्टालाई २०८० सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको हो।

नइ प्रकाशनले दुई लाख रुपियाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारत असमका केबी नेपालीलाई समर्पण गर्ने निर्णय गरेको छ । साहित्य सिर्जना र बिन्दु त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि विगत साढे छ दशकदेखि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएबापत उहाँलाई सो पुरस्कार समर्पण गरिने भएको हो ।  यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।

विशेष गरेर नेपाली गीतको गायनका लागि उच्चस्तरीय सङ्गीत निर्माण गरी देश देशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन अहोरात्र क्रियाशील सङ्गीतकार मुम्बई निवासी रञ्जित गजमेरलाई ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यसै गरी नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा समर्पित रही उत्कृष्टता हासिल गरेबापत दार्जिलिङका डा.जीवन नामदुङलाई ‘नइ ईश्वर बराल पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

साथै नेपाली साहित्यमा कवितानिबन्धकथा र समालोचना लेखनबाट आफ्नै आकाश निर्माण गरी प्रसिद्धि कमाएकी सिक्किम निवासी साहित्यकार डा.शान्ति क्षेत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यी तीनवटा पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेको जानकारी नई प्रकाशनका सदस्य सचिब नरेन्द्रराज प्रसाईंले दिएका छन ।

२ माघ २०८१, बुधबार २१:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा