Play

नेपाली पत्रकारहरुद्वारा ‘अन्तराष्ट्रिय पत्रकार महासंघ’ स्थापना, अध्यक्षमा खनाल

गुरुकुल खबर


पोखरा, नेपाल लगायत विभिन्न मुलुकमा पत्रकारिता र संचारकर्ममा संलग्न रहेका नेपाली पत्रकारहरुले अन्तराष्ट्रिय पत्रकार महासंघ नामको अर्को संस्था स्थापना गरेका छन। अमेरिकाको भर्जिनियामा प्रधान कार्यालय रहने गरि स्थापना गरिएको उक्त संस्थाकोअध्यक्षमा रामप्रसाद खनाल रहेका छन।

अमेरिकाको प्रचलित नियम कानुन अनुसार स्थापित र गठित संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघ नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन हुने र यसले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्ने उद्देश्य लिएको छ। संस्थाको प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहने छ भने संसार भर विभिन्न देशहरूमा देशस्तरीय शाखाहरू स्थापना गर्ने तयारी महासंघले गरेको छ।

पुरानादेखि नयाँ सम्म अधिकांश वरिष्ठ पत्रकारहरू कार्य समितिमा रहेका छन् भने आगामी दिनमा महासंघ लाई बिस्तार गर्दै लगिने र संस्थामा पेशागत पत्रकारहरू मात्र रहने महासंघले स्पष्ट गरेको छ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको नव गठित कार्य समितिको अध्यक्षमा नेपाल मदर डट कमका प्रधान सम्पादक, एभेन्ज्युज खबर टेलिभिजनका अमेरिका सम्पादक तथा रेडियो नेपाल र नेपाल टेलिभिजन लगायतका मिडियामा काम गरेका पत्रकार, गायक तथा कलाकार रामप्रसाद खनाल छानिएका छन्।

महासंघको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख जीवराम भण्डारी, एभेन्युज खबर टेलिभिजनका समाचार प्रमुख केदार कोइराला र जनता टेलिभिजनका समाचार प्रमुख टंक पन्त छानिएका छन्। यसै गरी अर्को उपाध्यक्षमा अमेरिकाबाट प्रकाशित नेपलिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाई रहेका छन्।

यसै गरी महासंघको महासचिवमा स्वतन्त्र पत्रकार, माइक्रोसफ्टका सफ्टवेयर इन्जिनियर समेत रहेका टंक दाहाल छानिएका छन् भने सचिवमा क्रियाशील पत्रकार अनिल अधिकारी रहेका छन्। कोषाध्यक्षमा कलाकार समेत रहेका डिसी नेपाल डटकमका अमेरिका ब्युरो चिफ अर्जुन दाहाल छानिएका छन्।

संस्थाको उपाध्यक्षहरुमा अखण्ड भण्डारी, जीवराम भण्डारी, केदार कोइराला, सतिस चापागाईं र टङ्क पन्त तथा महासचिवमा टंक दाहाल रहेका छन भने सचिवमा अनिल अधिकारी, कोषाध्यक्षमा अर्जुन दाहाललाई राखिएको छ।

संस्थाको संचालकहरु अर्थात बोर्ड अफ डाइरेक्टरमा विश्वराज थापा, नवराज कुँवर, दिनेश कार्की, कृष्णराज खनाल, अनिल थापा, सुमन दाहाल,  र सुरेन्द्र सापकोटालाई राखिएको उपाध्यक्ष अध्यक्ष खनालले गुरुकुल खबरलाई जानकारी दिए।

संस्थाको सल्लाहकारहरुमा योगेश उपाध्याय, पुरुषोत्तम दाहाल, बालकृष्ण चापागाई, पुरु घिमिरे र विजय घिमिरेलाई राखिएको छ।

२४ पुष २०८१, बुधबार २०:३० मा प्रकाशित
Nabintech