Play

झापाली पोखरेलको नयाँ गीत ‘नजाउ मलाइ एक्लै छोडी..’ सार्बजनिक

गुरुकुल खबर


झापा, पूर्वी नेपाल‌को झापाली सांगीतिक भूमिमा रहेर संचार र गायन क्षेत्रमा लाग्दै आएका गायक तथा सङ्गीतकार निरज पोखरेलले नयाँ गीत ” नजाउ मलाइ एक्लै छोडी ..।” बोलको मारुनी भाका सार्बजनिक गरेका छन् ।

साहित्य क्षेत्रमा सक्रिय एबम दर्जनौ गीतका स्रस्टा भद्रपुरका कवि गीतकार सत्यनारायण तायलको शब्दमा उनी पोखरेलले संगित दिएका छन गीतमा गायिका मेलिना राईको पनि स्वर रहेको छ । काठमाडौँ स्थित ए लेवल स्टुडियोमा रेकर्डिङ भएको गीतमा झापाली सङ्गीतकार विकास चौधरीले गीतलाई एरेन्ज गरेका छन् ।

२०६० सालमा विकास चौधरीको संगित, गिरिराज निरौलाको शब्द‌मा पहिलो पटक “माथि है पर्यो फुङलिङ बजार .. ” भन्ने पुर्वेली लोकभाका जुनु रिजालसँग मिलेर गाएका पोखरेलले २०७२ सालमा आफ्नै शब्द, सङ्गीत र स्वरमा ” मेरो हजुरले मलाई. .”बोलको गीत स्रोतामाझ ल्याएका थिए ।

२०६० सालबाट कन्चनजङ्गा एफएममा प्राविधिकको रुपमा काम गरेर संचार क्षेत्रमा प्रवेश गरेका उनले करिव ४० भन्दा बढी गीतमा संगित भरेका छन, उनि हाल विभिन्न विद्यालयमा पियानो र नाटकको प्रशिक्षकको रूपमा कार्यरत छ्न ।

क्षितिज नाट्‌य प्रतिष्ठानमा संगित विभाग प्रमुख, डाइनामिक मिडिया ग्रुप नेपालका कोषाध्यक्ष, भद्रपुर नगरपालिका अन्तर्गत भदपुर साहित्य संगित कला प्रतिष्ठानका सदस्य , बहुभाषिक साहित्य संगित कला केंन्द्रको सदस्य निरज पोखरेल जेनियस मिडियाका प्रबन्धक पनि हुन ।

१३ पुष २०८१, शनिबार ०८:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा