Play

काठमाडौँका पूर्व मेयर पीएल सिंहको शव अन्तिम श्रद्दान्जलीको लागि कांग्रेस केन्द्रीय कार्यालयमा

गुरुकुल खबर


काठमाडौँ,  काठमाडौँ महानगर पालिकाका पूर्व प्रमुख पीएल सिंहको आज नै अन्त्येष्टि गरिने भएको छ। लामो समय बिरामी परेका सिंहको ८८ बर्षको उमेरमा सोमबार बिहान निधन भएको हो। अल्सर लगायत समस्या देखिएपछि गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो।

स्व, सिंहको शब बिहान उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएकोमा अहिले दिउँसो सानेपा स्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा राखिएको छ । उनको सोमबार नै कंकेश्वरी मन्दिर पारि लखितर्थमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

पिएल सिंहकै पालामा काठमाडौं नगरपालिका काठमाडौं महानगरपालिकामा रूपान्तरण भएको थियो। प्रजातन्त्र पुन:प्राप्ति पछि २०४९ सालमा भएको स्थानीय निकाय चुनावबाट सिंह काठमाडौंको मेयर निर्वाचित भएका थिए।

चाक्सीबारी पुगेर काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायतले पूर्वमेयर सिंहलाई श्रद्धाञ्जली दिएका थिए। साथै नेपाली कांग्रेसका नेता नरहरि आचार्य, जगदीश्वरनरसिंह केसीलगायत पनि चाक्सीबारी पुगेर पूर्वमेयर सिंहलाई श्रद्धाञ्जली दिएका थिए।

सिंहको निधनपछि नेपाल सरकारका उपप्रधानमन्त्री समेत रहेका प्रकाशमान सिंहले भनेका छन्, ‘हाम्रो परिवारको ज्येष्ठ सदस्य, काठमाडौंका पूर्वमेयर तथा पूर्वमन्त्री पिएल दाइको निधनले मर्माहत बनाएको छ। यहाँले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान सदा स्मरणीय रहनेछ।’

पूर्वमन्त्री तथा पूर्वमेयर सिंहको निधनपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सिंहको निधनमा शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको हो।

उनको सम्मानमा आज काठमाडौँ महानगरपालिकाले सोमबार अत्यावश्यक काम बाहेक अन्यमा शोक बिदासमेत दिएको छ ।

तस्बिर : रातो पाटीबाट

PL singh funeral (4)

PL singh funeral (7)

PL singh funeral (1)PL singh funeral (2)PL singh funeral (3)PL singh funeral (5)PL singh funeral (6)

१ पुष २०८१, सोमबार १३:०७ मा प्रकाशित
Nabintech