Play

‘होटल पोखरा बाटिका’ पछि प्रकृतिप्रेमी पर्यटकको लागि ‘बसुन्धरा रिसोर्ट’ संचालन गर्दै ब्यबसायी पोखरेल

गुरुकुल खबर


पोखरा, पोखरामा रहेर लामो समयदेखि पर्यटन ब्यबसायमा संलग्न युवा सन्तोष पोखरेलले पोखराकै लेकसाइडमा बसुन्धरा रिसोर्ट नामको नयाँ होटल संचालनमा ल्याएका छन्। मङ्सिर २७ गते बिहीबारबाट संचालनमा आउन लागेको बसुन्धरा रिसोर्ट बिशेष गरि प्रकृति प्रेमिहरुलाई आकर्षित गर्नेगरि निर्माण गरिएको छ।

करिब तिन दशक अगाडीबाट पर्यटन व्यवसायमा संलग्न पोखरेलले शुरुवातमा ट्राभल एजेन्सी संचालन गरेका थिए। लभ्ली माउन्ट टुर्स एण्ड ट्राभल शुरु गरेर पोखरेलले पोखराको पर्यटन व्यवसायमा  प्रवेश गरेका हुन । पोखरेलले करिब ७ बर्ष अगाडी होटल पोखरा बाटिका संचालनमा ल्याएका थिए।

पूर्ण अपाङ्ग मैत्री होटलको रुपमा निर्माण गरिएको ‘होटल पोखरा बाटिका’ बिशेष गरि सुबिधाभोगी पर्यटकहरुको लागी लक्षित गरिएको छ भने अब संचालनमा आउन लागेको ‘बसुन्धरा रिसोर्ट’ प्रकृतिप्रेमी पर्यटकहरुलाई लक्षित गरि निर्माण गरिएको छ ।

बसुन्धरापार्कको उत्तरतर्फ रहेको बसुन्धरा रिसोर्ट परिसरमा बेलपत्र, रक्तचन्दन, तुलसी, रुद्राक्ष एबम कटहर, आँप, लिची लगायत बिभिन्न जातका फलफुलका बिरुवाहरु रहेका छन।  बसुन्धरा रिसोर्टमा सुबिधा सम्पन्न १७ वटा कोठामा ५० वटा बेड रहेको पोखरेलले गुरुकुल खबरलाई जानकारी दिए। फेवातालबाट करिब १ सय मिटरको दुरीमा रहेको यो रिसोर्टको प्रत्येक कोठाबाट बाहिरको बगैंचा देख्न सकिन्छ।

पोखरेलका अनुसार रिसोर्टमा आउने पाहुनाहरुले उनीहरुको चाहना अनुसार बगैंचामा बसेर ध्यान र योगा समेत गर्न सक्नेछन बगैंचामा चराचुरुंगीको आवाज संगै बसेर आनन्द लिने र योगा, ध्यान समेत गर्न मिल्ने गरि ठाउँको ब्यबस्था गरिएको छ।

पोखरेलले यस अगाडी संचालन गरिरहेको होटल पोखरा बाटिका र बसुन्धरा रिसोर्टको दुरी निकै कम रहेको छ। होटल पोखरा बाटिकामा ४३ वटा कोठामा १ सय बेड रहेको पोखरेलले गुरुकुल खबरलाई जानकारी दिए। अपांगता भएका व्यक्तिले व्हिल चियर लिएर नै कोठामा पुग्नसक्ने किसिमले होटल बनाइएको छ ।

होटलको कोठा वा छतबाट हेर्दा आकर्षक दृश्य अर्थात दक्षिन तर्फ रानीबन, उत्तरतर्फ हिमाल तथा पूर्व दक्षिन तर्फ फेवाताल देखिने भएकोले एकपटक पुगेका पाहुनाहरु पटक पटक बस्न आउने गरेको पोखरेलको भनाई छ। पोखराको प्रशिद्द फेवातालबाट जम्मा २० मिटरको दुरीमा रहेको बाटिका होटलमा नेपालकै जंगलमा उत्पादित काठबाट निर्मित फर्निचरले सजाइएको छ होटलका सबै कोठामा बाल्कोनी समेत रहेकोले बाहिरको प्राकृतिक सुन्दरता सजिलोसंग नियाल्न मिल्छ। पोखरेलका अनुसार पर्यटकीय सिजनमा उक्त होटलको अकुपेन्सि ६० देखि ७० प्रतिशत रहेको छ।

पछिल्लो समय पोखरालाई जोड्ने मुख्य सडक पृथ्वीराजमार्ग र सिद्दार्थ राजमार्ग निर्माणाधीन अबस्थामा रहेको कारण पोखरामा पर्यटकहरुको आगमन समेत बढ्न सकेको छैन। पर्यटकहरुको आगमन बढ्न नसकेको समयमा होटल व्यवसायमा किन लगानी गरिरहेको त भन्ने प्रश्नमा ब्यबसायी पोखरेलले भने, “अब पोखरा काठमाडौँको सडक सहित अन्य सडकको निर्माण सम्पन्न भएपछि पोखरा आउने पर्यटकहरुको संख्या बढ्नेमा शंका छैन।, सोहि कारणले पनि विभिन्न रुची भएका पर्यटकहरुलाई लक्षित् गरि छुट्टाछुट्टै बिशेषता भएका होटल संचालनमा ल्याईएको हो।”

पोखरेलले पोखराको नयाँ विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुन नसकेको भएपनि हाल पोखरामा स्वदेशी एबम बिदेशी पर्यटक बढ्नुको प्रमुख कारण सोहि विमानस्थल नै रहेको बताए। “पोखरालाई काठमाडौँ र भैरहवा तर्फ जोड्ने दुबै राजमार्ग निर्माणाधीन अबस्थामा रहेको कारण स्थलमार्गबाट पर्यटक आउन असहज छ यस्तो अबस्थामा पोखराको नयाँ विमानस्थल बिहानबाट साँझ अबेरसम्म संचालन भएकोले धेरै पर्यटकहरु पोखरा आउन पाएका छन।” पोखरेलले भने ।

२५ मंसिर २०८१, मंगलवार २०:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा