Play

लामिछाने पक्राउको बिरोधमा रास्वपाले गरेको पोखरा केन्द्रित आन्दोलन अब काठमाडौँमा

गुरुकुल खबर


पोखरा,  रास्वपाले आफ्नो पार्टीका सभापति रबि लामिछानेलाई सहकारीको रकम ठगि गरेको आरोपमा पक्राउ गरेपछि शुरु गरेको पोखरा केन्द्रित आन्दोलन बिहिबारदेखि टुंग्याउने जनाएको छ । पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाले पोखरा केन्द्रित आन्दोलन टुंग्याउने तयारी गरेको जनाएको हो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । पोखरामा स्थानीयको उल्लेख्य साथ नपाएको रास्वपाले आन्दोलन स्थगित गरेर काठमाडौं केन्द्रित गर्ने जनाएको हो ।

रास्वपाले पोखरा केन्द्रित आन्दोलन गर्दा पोखरेलीहरुको साथ् नपाएको महशुस गरेपछि उक्त पार्टीका नेताहरु स्थानीयको घर दैलो अभियानमा समेत जुटेका थिए। नेताहरुले रास्वपाको आन्दोलनमा सहभागी बन्न पोखराका स्थानियाहरुलाई आग्रह गरेपनि रास्वपाको बिरोध प्रदर्शनमा पोखराका सर्बसाधारणको न्युन सहभागिता रहेको थियो। अधिकांश सहभागी पोखरा बाहिरबाट पोखरा पुगेर आन्दोलनमा सहभागी बनेका थिए ।

८ कार्तिक २०८१, बिहीबार १८:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा