Play

लामिछाने पक्राउको बिरोधमा रास्वपाले गरेको पोखरा केन्द्रित आन्दोलन अब काठमाडौँमा

गुरुकुल खबर


पोखरा,  रास्वपाले आफ्नो पार्टीका सभापति रबि लामिछानेलाई सहकारीको रकम ठगि गरेको आरोपमा पक्राउ गरेपछि शुरु गरेको पोखरा केन्द्रित आन्दोलन बिहिबारदेखि टुंग्याउने जनाएको छ । पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाले पोखरा केन्द्रित आन्दोलन टुंग्याउने तयारी गरेको जनाएको हो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । पोखरामा स्थानीयको उल्लेख्य साथ नपाएको रास्वपाले आन्दोलन स्थगित गरेर काठमाडौं केन्द्रित गर्ने जनाएको हो ।

रास्वपाले पोखरा केन्द्रित आन्दोलन गर्दा पोखरेलीहरुको साथ् नपाएको महशुस गरेपछि उक्त पार्टीका नेताहरु स्थानीयको घर दैलो अभियानमा समेत जुटेका थिए। नेताहरुले रास्वपाको आन्दोलनमा सहभागी बन्न पोखराका स्थानियाहरुलाई आग्रह गरेपनि रास्वपाको बिरोध प्रदर्शनमा पोखराका सर्बसाधारणको न्युन सहभागिता रहेको थियो। अधिकांश सहभागी पोखरा बाहिरबाट पोखरा पुगेर आन्दोलनमा सहभागी बनेका थिए ।

८ कार्तिक २०८१, बिहीबार १८:४३ मा प्रकाशित
Nabintech