Play

लौहपुरुष गणेशमान सिंहको २७ औं स्मृति दिवस पोखरा सहित विभिन्न स्थानमा मनाइयो

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २७ औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ । दिवसको अवसरमा बुधबार बिहान काठमाडौँको शोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।

पोखराको नालाकोमुखमा रहेको सिंहको शालिकमा पनि बुधबार बिहान माल्यार्पण गरिनुको साथै सिंहको योगदानका बारेमा चर्चा गरियो। गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका नेता एबम कार्यकर्ताहरुको सहभागिता रहेको जानकारी नेपाली काँग्रेस प्रदेश सभा निर्बाचन क्षेत्र समितिका सचिब सुबर्ण जंग केसीले जानकारी दिए ।

फाउन्डेसनका गण्डकी प्रदेश अध्यक्ष दुर्गा तिमिल्सिना सहित अन्यले स्व. संघको शालिकमा माल्यार्पण गर्दै वहाँको योगदानको बारेमा चर्चा गरेका थिए। यसैगरी नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र प्रजातन्त्रका सेनानी टंकमान नापित लगायतले गणेशमान संघको योगदानको बारेमा चर्चा गरेका थिए।

सिंहका छोरासमेत रहेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । नागरिकलाई अधिकार सम्पन्न बनाउने लक्षका साथ सिंहले १५ वर्षभन्दा लामो जेल जीवन बिताएको र कसैसँग सम्झौता नगरेको उनले सुनाए।

‘नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालिन राजाले कू गरेपछि प्रजातन्त्र पुनस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा हामी गणेशमान सिंहलाई सम्झन्छौं,’ उपप्रधानमन्त्री सिंहले भने ।

१९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहलाई ०४६ सालको जनआन्दोलन पछि प्रधानमन्त्री बन्न आग्रह गर्दा समेत उनले अस्वीकार गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो।

२ आश्विन २०८१, बुधबार १३:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा