Play

नेपाल सरकारको मुख्य सचिबमा अर्याल नियुक्त

गुरुकुल खबर


पोखरा, सरकारले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । अर्याल नेपाल सरकारको २७औं मुख्यसचिव बनेका छन्।

वर्तमान मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।

२०७७ भदौमा सचिवमा बढुवा भएका अर्यालले गृह मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुअघि प्रधानमन्त्री कार्यालय, श्रम र सामान्य प्रशासन मन्त्रालयको सचिवको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

१३ भाद्र २०८१, बिहीबार २१:३६ मा प्रकाशित
Nabintech